News Portal

  • निर्मला पन्तप्रकरण: भेटिँदैन हत्याराको ‘क्लु’, आपसमै बाझिन्छ प्रहरीको मत

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ। अझै हत्याराको पहिचान हुन सकेको छैन।

    प्रहरीले हत्यारासम्म पुग्ने ‘क्लु’ नै भेट्टाउन सकेको छैन। अनुसन्धानको विषयमा पनि घटनालाई हेर्ने दृष्टिकोण प्रहरीभित्र बाझिँदै आएको छ।

    घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले अहिले फेरि डीआईजी दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। उनी सीआईबीमा कार्यरत छिन्। उनी एसपी रहेको बेला पनि अनुसन्धानकै लागि ६ महिना कञ्चनपुर बसेकी थिइन्।

    सुरुवातदेखि नै सीआईबीको टोली कञ्चनपुरमा कार्यरत छ। ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन्।

    उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन्। तर, साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दूरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन्।

    प्रहरीले ०७५ भदौमा ३९ वर्षीय दिलीपसिंह विष्टलाई आरोपितका रूपमा सार्वजनिक गरेको थियो। तर, निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए। तत्कालीन समयमा कञ्चनपुरमा रहेर सीआईबीको नेतृत्व डीएसपी अंगुर जिसीले गरेका थिए।

    निर्मला हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै जिसीसहित तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्व कारबाहीमा परेको थियो। त्यसयता दर्जनौँ प्रहरी अधिकारीले निर्मला प्रकरणको अनुसन्धान गरेका छन्। तर, घटनाबारे प्रहरी अधिकारी नै एकमत देखिँदैनन्।

    जिसी नेतृत्वको टोलीले अहिलेपनि दिलीपलाई नै अभियुक्त दाबी गर्दै आएको छ। अरू प्रहरी अधिकारीहरू दिलीपको संलग्नता पुष्टि गर्ने प्रमाण नभएको जिकिर गर्छन्।

    अनुसन्धानमा संलग्न पूर्व र बहालवाला अधिकारीहरू निर्मला प्रकरणको अनुसन्धान निकै जटिल बनिसकेको बताउँछन्। उनीहरूका अनुसार सजिलै हत्यारासम्म पुग्न मुस्किल छ। नयाँ सूचनाको अभाव भएको प्रहरी अधिकारीहरूको गुनासो छ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला हत्याको अनुसन्धान आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

    तर, प्रहरी अधिकारीहरू भन्छन्, “गृहमन्त्रीले भने पनि कुनै चमत्कार वा जादु भइहाल्छ भन्ने लाग्दैन। प्रहरीले सर्वाधिक चासो लिएर यो घटनालाई हेरिरहेकै छ। विशेष टोली सक्रिय छ। म्यानुअल विधिबाट अनुसन्धान गर्नुपर्ने बाध्यताले अनुसन्धानमा जटिलता थपिएको छ। सुरुवाती समयमा अनुसन्धानमा प्रहरीबाट लापरबाही भएरै अहिले जटिल बनेको हो।”

    हालसम्म निर्मला प्रकरणमा ७०० जनासँग बयान तथा सोधपुछ गरिएको छ। त्यसमध्ये १५० भन्दा बढी महिला छन्। अनुसन्धानका क्रममा सेना, प्रहरी, शिक्षक, सरकारी कर्मचारीसँग पनि सोधपुछ गरिएको छ। निर्मलाका नजिकका आफन्तलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो।

    १३५ जनाको डीएनए परीक्षण गरेको प्रहरी अधिकारीहरू बताउँछन्। तर, कसैको पनि डीएनए ‘म्याच’ भएको छैन।

    प्रहरीले डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ। घटनाको जिल्ला प्रहरी, सीआईबी र प्रदेश प्रहरीको टोलीले अनुुसन्धान गर्दै आएको छ। आशंकाका भरमा विभिन्न व्यक्तिहरू बेलाबेला पक्राउ परे पनि प्रमाणको अभावमा उनीहरू छुट्दै आएका छन्। – बाह्रखरीबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...