News Portal

  • गुल्मीका प्रकाश ठकुरीले अढाई वर्षिय छोरा अभिषेकको ज्यान बचाइदिन गरे अपिल

    हिमालीसंचार संवाददाता
    ७७४ पटक

    काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोलाका प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षियको छोराको ज्यान बचाइदिन सहयोगको लागि अपिल गरेका छन्।

    एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग जुध्दै आइसियूमा उपचारार्थ छन्।

    भैरहवा मेडिकल कलेजमा ४ दिन अचेत रहेका अभिषेक शिक्षण अस्पतालमा ५ दिन देखि अचेत छन्। घरको आर्थिक स्थिती निकै दयनीय भएका प्रकाशले यतिखेर आफ्नो सन्तानको उपचारका लागि देश तथा बिदेशमा रहने सम्पुर्ण नेपालीहरुमा सहयोगको अपेक्षा गरिरहेका छन्।

    आफूसँग भएको र ऋण खोजेको सबै पैसा उपचारमा खर्च भएको भन्दै आफ्नो सन्तानको जिवन जिवित पारिदिन दानबीरसँग आग्रह पनि प्रकाशले गरेका छन्। सास रहँदासम्म आशा लागेको आफ्नो सन्तानको माया बिर्सन नसकिने भन्दै आँखाभरी आँसु लिदै दाताको सहयोगलाई आफूले जिवनभर सम्झिने बताएका छन्।

    बालक अभिषेकको टाउकाको तीन प्रमुख नसामा रगत जमेको चिकित्सक बताउँछन्। शिक्षण अस्पताल ल्याउँदा भन्दा थोरै सुधार भएको बताइएको छ। गत शनिबारदेखि पाइपको माध्यमबाट दाल खुवाइएको बुबा प्रकाश ठकुरीले बताए।

    बालक अभिषेकको जिवन रक्षार्थ सहयोग गर्न चाहाने सहयोगीदाताले अभिषेककी फुपु कमला ठकुरीको एनआइसी एशिया बैंक बनेपा शाखामा रहेको ००७५७५०४४८०८६००१ खाता नम्बरमा रकम जम्मा गर्न सकिने छ भने, फोनमा कुरा गर्न चाहाने दाताले कमला ठकुरीको ९८६१९१६८८८ वा प्रकाश ठकुरीको ९८४७००४७७२ मा सम्पर्क गर्न सकिने बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको...

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला...

    आज २०८२ साल साउन १२ गतेको राशिफल

    आज साउन १२, २०८२ (जुलाई २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

    न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १००...

    एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा...