News Portal

गुल्मीका प्रकाश ठकुरीले अढाई वर्षिय छोरा अभिषेकको ज्यान बचाइदिन गरे अपिल

हिमालीसंचार संवाददाता
९६९ पटक

काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोलाका प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षियको छोराको ज्यान बचाइदिन सहयोगको लागि अपिल गरेका छन्।

एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग जुध्दै आइसियूमा उपचारार्थ छन्।

भैरहवा मेडिकल कलेजमा ४ दिन अचेत रहेका अभिषेक शिक्षण अस्पतालमा ५ दिन देखि अचेत छन्। घरको आर्थिक स्थिती निकै दयनीय भएका प्रकाशले यतिखेर आफ्नो सन्तानको उपचारका लागि देश तथा बिदेशमा रहने सम्पुर्ण नेपालीहरुमा सहयोगको अपेक्षा गरिरहेका छन्।

आफूसँग भएको र ऋण खोजेको सबै पैसा उपचारमा खर्च भएको भन्दै आफ्नो सन्तानको जिवन जिवित पारिदिन दानबीरसँग आग्रह पनि प्रकाशले गरेका छन्। सास रहँदासम्म आशा लागेको आफ्नो सन्तानको माया बिर्सन नसकिने भन्दै आँखाभरी आँसु लिदै दाताको सहयोगलाई आफूले जिवनभर सम्झिने बताएका छन्।

बालक अभिषेकको टाउकाको तीन प्रमुख नसामा रगत जमेको चिकित्सक बताउँछन्। शिक्षण अस्पताल ल्याउँदा भन्दा थोरै सुधार भएको बताइएको छ। गत शनिबारदेखि पाइपको माध्यमबाट दाल खुवाइएको बुबा प्रकाश ठकुरीले बताए।

बालक अभिषेकको जिवन रक्षार्थ सहयोग गर्न चाहाने सहयोगीदाताले अभिषेककी फुपु कमला ठकुरीको एनआइसी एशिया बैंक बनेपा शाखामा रहेको ००७५७५०४४८०८६००१ खाता नम्बरमा रकम जम्मा गर्न सकिने छ भने, फोनमा कुरा गर्न चाहाने दाताले कमला ठकुरीको ९८६१९१६८८८ वा प्रकाश ठकुरीको ९८४७००४७७२ मा सम्पर्क गर्न सकिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...