News Portal

वैदेशिक रोजगारीमा गएका ३१ महिलासहित ४१० जना विदेशमै बेपत्ता

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको ८ वर्ष भयो। गएको ३ वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए।

नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्न थालेकाले कमाइ राम्रै थियो। उनले तीन वर्षसम्म मासिक ५० हजार रुपैयाँका दरले पैसा पठाए। दाजु नरेश अधिकारीले भने, “भाइको खोजीका लागि श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, दूतावास धेरैतिर हारगुहार गरियो तर अहिलेसम्म केही खबर पाएका छैनौँ।”

विनोदजस्तै वैदेशिक रोजगारीकै सिलसिलामा परिवारको सम्पर्कविहीन भएका नेपाली युवाको सङ्ख्या धेरै छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खर सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार गएको तीन वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ३१ जना महिलासहित ४१० नेपाली श्रमिक विदेशमै बेपत्ता भएका छन्। यो सङ्ख्या आव २०७६/७७ देखि २०७८/७९ सम्म श्रम स्वीकृति लिएर विदेशिएकामध्येको हो।

सो अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २५४ हराएका छन् भने मलेसियामा १०५ जना हराएका छन्। यसैगरी कुवेतमा ४८ जना, साउदी अरबमा दुई जना र ओमानमा एक जना हराएको सो प्रतिवेदनमा उल्लेख छ। गोरखापत्रदैनिकबाट।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...