News Portal

  • बालगायिका कमला घिमिरेले समीक्षासँग माफी मागीन्

    अब उप्रान्त गीत गाउँदा ख्याल राख्नेछु

    हिमालीसंचार संवाददाता
    २२८ पटक

    काठमाडौं। आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका कमला घिमिरेले क्षमायाचना गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत अञ्जनमा गल्ती भएको भन्दै माफी मागेकी हुन्।

    अहिले आफ्नो दोहोरीलाई लिएर गरिएको हल्लाले आफू छक्क परेको कमलाले बताएकी छन्।

    ‘त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइयको गीत होइन तर पनि त्यो गीतलाई जसरी अहिले बुझिएको छ र जुन तरिकाले हल्ला गरिएको छ यो देख्दा चाहिँ म आफै पनि छक्क छु र अझ बढि दुखी छु’, उनले लेखेकी छन्।

    कमलाले हालै गायक सुमन परियारसँग गाएको दोहोरीले गायिका समीक्षा अधिकारीलाई चोट पुर्‍याएको चर्चा भएको थियो। कतिपयले उनको आलोचना पनि गरेका थिए।

    ‘राम्रै गरी हेरेरै हिँड्दा पनि कहिलेकाहीँ ठेस लाग्ने गर्छ, हो त्यस्तै भयो,’ उनले लेखेकी छन्, ‘दाइ सुमन परियारसँग मैले गीत गाउँदा गाउन बसियो। गाउँदै जाँदा माया पिरतीको कुरा आयो। माया पिरतीको कुरा आउँदा जान अन्जानमा केही त्यस्ता शब्द आए, जुन कसैलाई लक्षित गरेझै भयो, बुझाइ सकारात्मक भन्दा नकारात्मक भयो।’

    जसरी अहिले दिदी समीक्षा अधिकारीलाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मान मा पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला। आइन्दा यस्तो गल्ती हुने छैन।’

    अग्रज गायक गायिकाहरूले आफूबाट गल्ती हुँदा सम्झाउनुको साटो आलोचना गरेकोमा भने उनले दु:ख व्यक्त गरेकी छन्।

    उनले लेखेकी छन्, ‘जसरी अग्रज कलाकारहरूले यो गीतलाई लिएर पक्ष-विपक्ष गर्दै बोल्नुभएको छ, म बाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थेँ होला। हजुरको उपदेश शिरोभार गर्थेँ होला तर मन क्षतविक्षत हुनेगरी लेखियो बोलियो। यस्ले एकदम दु:खी बनायो। खैर केही छैन अब उप्रान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु। हजुरहरूले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहन्नँ, सधैँ हजुरहरूकै प्रिय बन्न पाउँ, गीत संगीतमै रम्न पाउँ, कहीँ कतै बिराएँछु भने सल्लाह सुझाव दिँदै गर्नु है र अन्त्यमा फेरि पनि माफी माग्दछु।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...

    आज २०८२ साल कार्तिक ४ गतेको राशिफल

    आज कार्तिक ४, २०८२ (अक्टोबर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं, कार्तिक ३ – सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो प्रारम्भिक शेयर (IPO) सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे...

    कुवेतमा हृदयघातबाट सिटी बस चालक नेपालीको मृत्यु

    (प्रतीकात्मक फाईल तस्बिर।) कुवेत सिटी, कुवेत। कुवेतको सिटी ग्रुप कम्पनीमा ड्राइभरका रूपमा कार्यरत होम बहादुर...