News Portal

को–को हुन् मिया खलिफालाई मन पर्ने ३ फुटबलर ?

हिमालीसंचार संवाददाता
४६० पटक

मड्रिड। लेबनानी मोडल मिया खलिफा सधैँ खेलकुदमा चासो देखाइरहन्छिन्। पूर्व पोर्नस्टार खलिफाले इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडको समर्थकको रूपमा आफूलाई चिनाइ सकेकी छन्।

केही दिन अघि रोबी लिलको युट्युब च्यानलबाट सार्वजनिक भएको एक अन्तर्वार्तामा उनले आफूलाई मनपर्ने ३ फुटबलरको नाम खुलाएकी छन्। पोर्नहबमा डेब्यू गरेको दुई महिनामै सर्वाधिक रूचाइएकी एडल्ट नायिका बनेकी खलिफालाई सबैभन्दा मन पर्ने पूर्व इङ्लिस स्टार डेविड बेकहम हुन्।

‘मैले बेक्स (बेकहम) भन्नै पर्छ, किनभने म केटी हुँ,’ खलिफाले भनेकी छन्। दोस्रो स्थान उनले फ्रेन्च स्टार जिनेदिन जिदानलाई दिइन्।

‘जिदान किनभने, उनले टाउकोले २००६ विश्वकपमा इटालियन खेलाडीलाई हानेको मेरो लागि फुटबलमा सबैभन्दा रोमाञ्चकमध्ये एक क्षण हो,’ खलिफाले भनेकी छन्, ‘म द्वन्द्व मन पराउँछु। त्यसैले जिदानको त्यो प्रहार उत्कृष्ट क्षण हो।’

तेस्रो स्थानमा उनले अस्ट्रेलियन मिडफिल्डर एरोन मुयेको नाम लिएकी छन्। ‘उनी बास्केटबल स्टार कव्ही लियोनार्द जस्तै छन्,’ खलिफाले भनिन्, ‘उनको शारीरिक हाउभाउ, क्यामेरा अगाडि हुँदा लजाउने बानी उस्तै लाग्छ। उनले लियोनार्दको झल्को दिलाउँछन्, त्यसैले मलाई मनपर्छ।’

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...