News Portal

  • महिला अधिकारको पक्षमा विरोध गर्ने इरानी फुटबलरलाई मृत्युदण्ड

    हिमालीसंचार संवाददाता
    ३०८ पटक

    तेहरान। मासा अमिनीको मत्युपछि महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा विरोध गर्ने एक फुटबलरलाई मृत्युदण्ड हुने भएको छ। बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई क्वोट गर्दै २६ वर्षीय अमिर नसर–अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको उल्लेख गरेको छ।

    हिजाब नलगाइ सार्वजनिकस्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानभर त्यसको विरोध भएको थियो।

    सोही क्रममा प्रहरीका सहयोगीको मृत्यु हुँदा त्यसमा संलग्न भएको आरोपमा अजदानी नोभेम्बर १६ मा पक्राउ परेका थिए। उनीमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप थियो।

    अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेलाडी संघ (फिफ्प्रो)ले एक वक्तव्य जारी गर्दै इरानको यो कदमको आलोचना गरेको छ। जारी वक्तव्यमा उनलाई मृत्युदण्ड दिने फैसला तत्काल फिर्ता गर्नसमेत माग गरेको छ।

    अजदानीले पर्सियनल गल्फ प्रो लिगमा ट्र्याक्टरबाट खेलेका थिए। सन् २०१७ यता उनी व्यावसायिक खेलमा देखिएका थिएनन्। उनीसहित २८ जनालाई सोही मुद्दामा मृत्युदण्डको घोषणा भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...