News Portal

किरात याक्थुङ चुम्लुङ मकाउले भव्यरुपमा १८औं ‘चासोक तङनाम’ सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
३७१ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा लिम्बु समुदायको चासोक तङनाम चाड भव्य रुपमा सम्पन्न भएको छ। मकाउमा गठीत किरात याक्थुङ चुम्लुङ मकाउद्वारा आयोजित चासोक तङनाम चाड हाक्सा वीच मकाउमा भव्य रुपमा सम्पन्न गरिएको हो।

पूर्वी नेपालको भूभागमा स्थायी बसोबास गरी बस्ने लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामुहिक रुपमा मनाउन शुरु गरेका लिम्बु समुदायले पछिल्लो समयमा प्रवासमा समेत उक्त परम्परालाई जिवन्त राख्न चासोक तङनाम चाडलाई निरन्तरता दिएको किरात याक्थुङ चुम्लुङका महासचिव मेधराज नयोङहाङ लिम्बुले जानकारी दिए।  

किरात याक्थुङ चुम्लुङका अध्यक्ष चण्डि योङ्याको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। आयोजित कार्मक्रमको प्रमुख अतिथि नेफिन मकाउका अध्यक्ष भीमकुमार राई (किराती) रहेका थिए। किरात याक्थुङ चुम्लुङ मकाउका अध्यक्ष योङ्या, नेफिनका अध्यक्ष किराती र सदस्य तारा सेनेहाङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्धाटन गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भीमकुमार राई, किरात राई यायोख्खा मकाउका उपाध्यक्ष मोनिका राई (लिम्बु), मगर संघ मकाउका उपाध्यक्ष रामबहादुर रानामगर, शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, तामाङ घेदुङ मकाउका उपाध्यक्ष भीरेन वाइवा, गुरुङ ‘तमु’ समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा), नेवा गुठी मकाउका सदस्य दीपेन श्रेष्ठ, प्रवासी मञ्च मकाउका अध्यक्ष उत्तम गुरुङ, जनसम्पर्क समिति मकाउका उपाध्यक्ष निर्मला थापा मगर, नेपाली सहयोगी हातहरु मकाउ र गैरआवासीय नेपाली संघ मकाउका प्रतिनिधिको समेत उपस्थिति रहेको आयोजकले जानकारी दिए। 

लिम्बु समुदायले परिवारको शीर उठाउन, सुख समृद्धि, गाली सराप बगाउन, विभिन्न रोगव्याधी दु:ख विरामबाट मुक्ति पाउन, सुस्वास्थ्याका लागि शुभ होस् भन्ने उदेश्यले तङसिङ तीन रातसम्म निरन्तर चल्ने परम्परा छ। लिम्बु समुदायमा एक घर परिवारले एक ठाउमा धार्मिक अनुष्ठान निरन्तर तीन दिनसम्म गर्दा लाखौ रुपैया खर्च हुने भएको हुदा पछिल्लो समय खर्च न्यूनिकरणका लागि सामुहिक रुपमा धार्मिक अनुष्ठान गर्ने अभ्यासमा समुदाय लागेको छ। 

चुम्लुङ मकाउका महासचिव नयोङहाङका अनुसार; लिम्बु याक्थुङ् भाषामा चा भनेको अन्न, चासोक भनेको न्वाङ्गी र तङ्नाम भनेको चाड हो । यसको पुरा वाक्य चासोक तङनाम (न्वाङ्गी चाड) भएको हो। वास्तवमा यो लिम्बु याक्थुङ् मात्रको तङ्नाम नभएर समग्र श्रमजीवी सृजनशील सम्पूर्ण मानिसहरूको चाड हो हुनुपर्छ। 

आयोजित कार्यक्रमको संयोजक सचिव नारायण इस्बो, मौलिक परिकारका संयोजन कोषाध्यक्ष नविन थक्लुङ, सदस्यहरु गौरी चोङवाङ, पार्वती राई (नयोङहाङ), कुमारी सुब्बा र राजु नयोङहाङले गरेका थिए भने कार्यक्रमको प्राविधिक पक्षमा युगेश सेलिङ र सन्देश लिम्बुले गरेका थिए। 

आयोजित कार्यक्रममा महासचिव नयोङहाङ स्वागत मन्तव्य, मौलिक सास्कृतिक कला, के’लाङ, हाक्पारे साम्लो, पःलुङ(छेलो) साकेला नृत्य, कौडा नृत्य प्रस्तुति गरिएको कार्यक्रममा उपाध्यक्ष लक्सम्बाले छेलो खेलको संयोजक गरेका थिए। अध्यक्ष योङ्याले छोटो मन्तव्य सहित औपचारिका कार्यक्रम समापन गरेको कार्यक्रम संचालन संस्थाका वरिष्ठ उपाध्यक्ष सेरहाङ याक्सोले संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...