News Portal

  • पोर्चुगल र मोरोक्को भिड्दै, को कति बलियो ?

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    एजेन्सी। फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा मोरोक्को र पोर्चुगल भिड्दै छन्। मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय दर्शक अटाउने रहेको छ।

    यसअघि गएराति भएका दुई वटा क्वार्टर फाइनल खेलमा पेनाल्टी सुटआउटमा जित हासिल गर्दै क्रोएशिया र अर्जेन्टिना सेमिफाइलनमा प्रवेश गरिसकेका छन्। निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्रोएशियाले ब्राजिललाई ४-१ र अर्जेन्टिनाले नेदरल्यान्डस्लाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्।

    कतार विश्वकपमा प्रिक्वार्टर फाइनलमा स्पेनलाई पराजित गर्दै मोरोक्को क्वार्टर फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा मोरोक्कोले स्पेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो।

    त्यस्तै, स्विटजरल्यान्डलाई प्रिक्वार्टर फाइनलमा पराजित गर्दै पोर्चुगल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। पोर्चुगलले स्विटजरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो।

    अहिलेसम्म मोरोक्को र पोर्चुगलबीच विश्वकपमा दुई पटक भेट भएको छ। सन् २०१८ को विश्वकपको समूह चरणमा पोर्चुगलले मोरोक्कोलाई १-० गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि सन् १९८६ को विश्वकपको समूह चरणमै मोरोक्कोले पोर्चुगललाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।

    आजको खेल मोरोक्कोले जितेमा विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्नेछ। यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टर फाइनलमा पुगेका थिए, तर तीनै टोली पराजित भएका थिए।

    पोर्चुगलको पनि यो तेस्रो क्वार्टर फाइनल हो। यसअघि खेलेका दुई वटा क्वार्टर फाइनलमा जित हासिल गरेको थियो। सन् १९६६ को विश्वकपमा कोरियालाई ५-३ गोल अन्तरले र सन् २००६ मा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनल पुगेको थियो।

    दुवै टोलीले खेलका पछिल्लो पाँच वटा खेलमा भने मोरोक्को बलियो देखिएको छ। मोरोक्कोले ५ खेलमा चार खेल जितेको छ भने एउटामा बराबरी खेलेको छ। पोर्चुगलले ४ खेल जितेको छ भने एउटा हारेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...