News Portal

निर्वाचनका बेला सित्तैमा पाएका गाडी विभिन्न कार्यालय र हाकिमलाई कोसेली

हिमालीसंचार संवाददाता
५४१ पटक

काठमाडौं। निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ। तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ।

निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका साथै आयोगकै पदाधिकारीनिकट व्यक्तिलाई कोसेलीस्वरूप उपलब्ध गराइएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको अनुरोधमा भारतीय दूतावासमार्फत प्राप्त गाडी काठमाडौंबाहिरका निर्वाचन कार्यालयसम्म पुऱ्याइएको छैन।

विगतदेखि नै निर्वाचनका बेला सित्तैमा पाएका गाडी आयोगका पदाधिकारीको तजबिजमा विभिन्न कार्यालय र हाकिमलाई कोसेलीका रूपमा बाँड्ने गरिएको हो।

आयोगले सरकारी मिडियालाई रिझाउन पनि गाडी उपहार पठाउन लागेको बताइएको छ।

भारतीय दूतावासबाट प्राप्त गाडीमध्ये आयोगले एउटा गोरखापत्र संस्थान र एउटा राष्ट्रिय समाचार समिति (रासस)लाई उपलब्ध गराउन लागेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...