News Portal

  • म्यानपावर व्यवसायीकै कारण “फ्रि भिसा फ्रि टिकट” निती लागू हुन सकेन : मन्त्री कुँवर

    हिमालीसंचार संवाददाता
    २०८ पटक

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले म्यानपावर व्यवसायीकै कारण ‘फ्रि भिसा फ्रि टिकट’ लागू हुन नसकेको बताएका छन्।

    उनले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन्।

    मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताएका हुन्।

    मलेसियमा ‘फ्रि भिसा फ्रि टिकट’ भए पनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको जानकारी गराएका हुन्।

    मन्त्री कुँवरले व्यवसायीलाई भने, ‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लाखौं रकम तिर्न बाध्य छ। यो विषयमा हामी पनि अनुगममा कडाई गर्छौं, तपाईंहरुले पनि विशेष ध्यान दिनुहोला।’

    साथै उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्यूनीकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले ‘म म’ भनेर लाग्नुपर्ने र सुधारको बाटोमा अगाडि बढ्नुपर्ने बताए। उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफुहरु सधै तयार रहेको पनि जानकारी गराएका थिए।

    कार्यममा मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिस्सा भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गरेका थिए।

    मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए।

    मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारबारी नरोकिने र यसबाट सरकार पछि नहट्ने चेतावनी पनि दिएका छन्।

    त्यस्तै कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागमा आउने गरेका पिडितका उजुरी र म्यानपावर कम्पनिको बारेमा जानकारी गराएका थिए।

    म्यानपावर व्यवसायीले भने, मलेसियामा कामदार आफूहरुले फ्रि भिसा फ्रि टिकटमै पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्डका कारण व्यवसायीको बदनाम हुने गरेको बताएका छन्।

    सरकारले २०७५ कार्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो। तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...