News Portal

१२ हजार नेपालीहरु पुगे कोरिया

हिमालीसंचार संवाददाता
३९९ पटक

काठमाडौं। वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन्। यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन्।

कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको छ। कामदार आपूर्तिका लागि कोरियाले पहिले दिएको कोटामा थप संख्या बढाएका कारण धेरै नेपाली कोरिया जान पाएका हुन्।

अघिल्ला वर्षहरूमा वार्षिक औसत ७ हजारको संख्यामा नेपाली जाने गरेका थिए। पछिल्लो एक वर्ष (कात्तिकदेखि कात्तिकसम्म) ५ हजार नयाँ थपिएर १२ हजार जना पुगेको हो।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा प्रमुख पुष्पराज कटुवालले कोरियाले आगामी वर्षका लागि नेपाल लगायत विभिन्न १६ राष्ट्रबाट १ लाख भन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको जानकारी दिए।

‘कोरियाले आगामी वर्षबाट देशगत रुपमा कोटा निर्धारण नगर्ने नीति लिएको छ। यसले धेरै नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने देखिएको छ, प्रमुख कटुवालले कारोबारसँग भने कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ।’

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...