News Portal

धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु उपस्थित नहुदा कार्यपालिका बैंठक बस्न सकेन

हिमालीसंचार संवाददाता
३०९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको अनुपस्थिका कारण कार्यपालिकाको बैठक फेरी आज पनी बस्न सकेन। मेयर हर्क साम्पाङले आज २ बजेका लागि आह्वान गरेको बैठकमा कार्यपालिकाको सदस्यहरु र नगरका वडाध्यक्षहरु उपस्थिति नहुदा कार्यपालिकाको बैठक बस्न नसकेको हो।

आज आह्वान गरिएको कार्यपालिकाको बैठकमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेधा मात्र उपस्थित थिए। प्रदेश सरकारका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिने निर्णय गरेको थियो। यधपी प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा उस्थित भएका थिए। 

आज आह्वान गरिएको बैठकमा कार्यपालिकाको सदस्यहरु, नगरका वडाध्यक्षहरु उपस्थित नभएपछि मेयर साम्पाङ करिब ३ बजे कार्यकक्षबाट बाहिरिने क्रममा संचारकर्मीहरुको जिज्ञासामा मेयर साम्पाङले वहाहरु किन उस्थित हुनु भएन? यसको कारण थाहा नभएको प्रतिक्रिया दिए। 

त्यस्तै, उममेयर बेधाले यस्तो सानो मुद्धालाई ठुलो बनाउन नहुने धाराण राखे। हामी सबैले आफ्नो दायित्व र जिम्मेवार बहन गर्नु पर्ने आफ्नो धराणा राखेका उपमेयर बेधाले हामी सबैले जनतालाई केन्द्र विन्दुमा राखेर अधि बढ्नु पर्ने बताए। 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...