News Portal

उपचुनावमा इमरान खानको कीर्तिमानी जित

हिमालीसंचार संवाददाता
२७३ पटक

इस्लामाबाद। पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन्। नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो।

उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ८ मध्ये ६ सिटमा जित हात पारेको छ। पाकिस्तान पिपल्स पार्टी (पीपीपी)ले दुई सिट जितेको छ।

पीटीआईका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री इमरान खान आफैं नेशनल असेम्बलीको ७ क्षेत्रमा उम्मेदवार थिए। आफ्नो पछिल्लो रेकर्ड तोड्दै उनी ६ मा विजयी भए। २०१८ को आम चुनावमा उनले नेशनल असेम्बलीको ५ सिटमा चुनाव जितेर रेकर्ड बनाएका थिए।

शाह महमूद कुरैशीकी छोरी मेहन बानो कुरैशीले मुल्तान सिटमा प्रतिस्पर्धा गरेकी थिइन्। तर पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीसँग पराजित भएका छन्।

पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ।

चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक स्पेश बनाउने विश्लेषण भइरहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...