News Portal

  • एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    काठमाडौं। एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो।

    थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई र थानाक्रित जाम्पालीले एक गोल गरे। खेलको ३०औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए। ६५औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गरे भने ७८औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३-० गोलको जित दिलाए।

    जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ। छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ भने, आइतबार चाइनिज ताइपेसँग खेल्नेछ।

    समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्। छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने, उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्न पाउनेछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

    काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम...

    नेवार समुदायले मनायो यमरी पुन्ही, पुरानो परम्परा अझै जोगिँदै

    भक्तपुर, १८ मंसिर  – नेवार समुदायले बिहीबार मार्ग शुक्ल पूर्णिमाको अवसरमा यमरी पुन्ही पर्व मनाएको...

    धोबीखोलामा फेला परेको शवको पहिचान, काभ्रे–मण्डनदेउपुरका ललित गिरी भनेर पुष्टि

    काठमाडौं, मंसिर १८ – काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा बिहीबार बिहान भेटिएको शव काभ्रे, मण्डनदेउपुर नगरपालिका–१...

    आज २०८२ साल मंसिर १८ गतेको राशिफल

    आज मंसिर १८, २०८२ (डिसेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

    काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै...