News Portal

  • नेपाल कुवेत सरोकार समाजकाे चौथो दशै धमाका भब्यरुपमा सम्पन्

    हिमालीसंचार संवाददाता
    २९३ पटक

    कुबेत – नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित वडा दशैँ तथा साँस्कृतिक कार्यक्रम हिजो सेप्टेम्बर ३० तारिख शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकारहरु प्रमोद खरेल र मेचु धिमालको साथमा सम्पन्न भयाे।

    दर्शकको बाक्लो उपस्थीतीमा सम्पन्न भएको कार्यक्रमा प्रेम तामाङको सभापति तथा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।भने बिशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रनध्वज लामा, बीईसी एक्स्चेन्ज प्रतिनिधि, डम्मर गुरुङ जजीरा एयरलाइन्स नेपाल पत्रकार माहासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल जनजाति माहासंघका अध्यक्ष अमृत तामाङ लगाएत कुबेतमा कृयाशिल नेपाली संघ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थिती थिए।

    कार्यक्रम संयुक्त रुपमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रमा प्रमुख अतिथि-दुर्गा प्रसाद भण्डारी,एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा बीईसी एक्स्चेन्ज प्रतिनिधि जजीरा एयरलाइन्स प्रतिनिधि,जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्लले नेपाल कुबेत सरोकार समाजले गरेका सामाजिक कार्यहरुको प्रसंशा गर्दै बडा दशै तथा तिहार २०७९ को शुभकामना दिएका थिए।

    कार्यक्रम संचालन सुरेश ग्याबा तामाङले संचालन गरेका थिए भने सुरेश ग्याबा कार्यक्रम संचालनकाे लागि प्रसाद तिमल्सिनाले साथ दिएका थिए। नेपाल कुवेत सरोकार समाजकाे सचिब कार्यक्रम संयोजक दामोदर बटालाले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए।


    तोकिएको समय भन्दा ढिला नै कार्यक्रम शुरु भएको कार्यक्रममा अतिथि कलाकारहरुलाई पञ्चेबाजा बजाउदै हलमा स्वागत गरेका थिए। नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल आफ्नो चर्चित गीतहरुले दर्शक नचाएकी थिइन्। भ्वाईस अफ नेपालको कोच चर्चित गायक प्रमोद खरेल देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक खरेलको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म दर्शकबाट साथ पाए।मुख्य प्रायोजक बीईसी एक्सचेंज कुवेत र सिटी एक्सप्रेस मनी ट्रान्सफर थियो भने   जजिरा  एयरलाइन्स सह प्रायोजक  थियाे।

    नेपालबाट पल्नु भएको अतिथी कलाकार प्रमोद खरेल र मेचु धिमाललाई मायाको चिनो सहित  विशेष सम्मान गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ६ गतेको राशिफल

    आज कार्तिक ६, २०८२ (अक्टोबर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...