News Portal

गायक उमेश मेवाहाङ्ग राईको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६०२ पटक

काठमाडौं – युवा गायक उमेश मेवाहाङ राईको आवाजमा रहेको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक गरिएको छ। साहित्यकार एसपी कोइरालाको शब्द रचना रहेको गीत संगीतकार दीप धतानीले संगीत दिएका छन् भने सन्जिब बराईलीको संगीत संयोजन रहेको गीत गायक राईको युटुव च्यानल उमेश मेवाहाङ राई माफर्त सार्वजनिक गरिएको छ। 

सार्वजनिक गीतको म्युजिक भिडियोको निर्देशन समेत गायक राईले नै गरेका हुन्। सार्वजनिक गीतको म्युजिक भिडियोमा अर्जुन राई, मिन आले, अमोद सुदन राई, प्रज्वल मेवाहाङ, अप्सरा चाम्लिङ र गायक राईको अभिनय रहेको छ। 

लामो समय दक्षिण कोरिया बसेर नेपाली गीत संगीतलाई माया गरिरहेका गायक राईले “दशै-तिहार आयो” गीत मार्फत सागीतिक यात्रामा औपचारिक यात्रा शुरु गरेका हुन्। उनको यो गीत नै पहिलो रेकर्डिङ गीत हो। प्रवासमा रहदा नेपाली चाड पर्व र कार्यक्रमहरुमा दमदार प्रस्तुति दिदै आएका गायक राईले उक्त सार्वजनिक गीत मार्फत दर्शक श्रोताको मन जित्ने बताउछन्। 

सार्वजनिक गीत यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...