News Portal

गायक उमेश मेवाहाङ्ग राईको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७७९ पटक

काठमाडौं – युवा गायक उमेश मेवाहाङ राईको आवाजमा रहेको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक गरिएको छ। साहित्यकार एसपी कोइरालाको शब्द रचना रहेको गीत संगीतकार दीप धतानीले संगीत दिएका छन् भने सन्जिब बराईलीको संगीत संयोजन रहेको गीत गायक राईको युटुव च्यानल उमेश मेवाहाङ राई माफर्त सार्वजनिक गरिएको छ। 

सार्वजनिक गीतको म्युजिक भिडियोको निर्देशन समेत गायक राईले नै गरेका हुन्। सार्वजनिक गीतको म्युजिक भिडियोमा अर्जुन राई, मिन आले, अमोद सुदन राई, प्रज्वल मेवाहाङ, अप्सरा चाम्लिङ र गायक राईको अभिनय रहेको छ। 

लामो समय दक्षिण कोरिया बसेर नेपाली गीत संगीतलाई माया गरिरहेका गायक राईले “दशै-तिहार आयो” गीत मार्फत सागीतिक यात्रामा औपचारिक यात्रा शुरु गरेका हुन्। उनको यो गीत नै पहिलो रेकर्डिङ गीत हो। प्रवासमा रहदा नेपाली चाड पर्व र कार्यक्रमहरुमा दमदार प्रस्तुति दिदै आएका गायक राईले उक्त सार्वजनिक गीत मार्फत दर्शक श्रोताको मन जित्ने बताउछन्। 

सार्वजनिक गीत यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...