News Portal

ब्रिटेनकी महारानीको निधनमा शोकमा डुब्यो ब्रिटेन, जनताले गरे सार्वजनिक स्थलहरुबाटै श्रद्धाञ्जली अर्पण

हिमालीसंचार संवाददाता
३६९ पटक

ऐजेन्सी – ब्रिटेनमा सबैभन्दा लामो समयसम्म ब्रिटेनकी महारानी रहेकी एलिजाबेथ द्वीतीयको मृत्युको खबर सार्वजनिक भएलगत्तै बेलायतका विभिन्न सार्वजनिक स्थानमा फूल राखेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। 

ब्रिटेनको राजनिवास बकिंघम प्यालेस बाहिर हजारौ संख्यामा मानिस जुटेका छन्। महारानीको सम्मानमा फूल राखिरहेका छन् । महारानीको घरको तस्बिर लिइरहेका छन् जहाँ आधा झण्डा झुकेको छ। बकिंघम प्यालेसको मुख्य ढोकामा महारानीको निधनको सूचना राखिएको छ ।

बकिंघम प्यालेसको तर्फबाट जारी आधिकारिक घोषणामा महारानीको निधन बिहिबार अपरान्ह स्कटल्याण्डको बालमोरल क्यासलमा भएको बताइएको छ ।विन्डसर क्यासल महारानीको प्रिय निवास थियो । यहाँ बस्ने स्थानीय उनलाई आफ्नो छिमेकीको रुपमा हेर्दथे । विन्डसर क्यासल बाहिर सर्वराधरण जनताले श्रद्धाञ्जली दिँइरहेका छन् । लण्डनको एक स्टेडियममा वेस्ट ह्याम युनाइटेड र एफसीएसबीबीच युरोपा कन्फरेन्स लिग फुटबल प्रतिस्पर्धा शुरु हुनु अघि एक मिनेटको मौन धारण राखिएको थियो। 

महारानीको अर्को निवास स्कटल्याण्डको एडिनबरास्थित द प्यालेस अफ हलिरुडहाउसमा, शोकाकुल मानिसहरुले फूल राखे र दिवंगत महारानीप्रति सम्मान प्रकट गरे । लण्डनको चर्चित स्थल पिकाडिली सर्कस (चौबाटो) मा राखिएको यो विशाल बिलबोर्डमा महारानीको तस्बिर प्रदर्शित गरिएको छ जसले मानिसको ध्यान तानिरहेको छ । 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...