News Portal

जबरजस्ती करणी आरोपित रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष जेल चलाउन

हिमालीसंचार संवाददाता
३८८ पटक

पुष्कर खड्का, रामेछाप – रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन्।

रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन गर्दै आएका पवन कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

कठायत विरुद्ध बुहारीले प्रहरीमा जबरजस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए। फरार भएको कठेतलाई सुराकीको आधारमा गत भदौ २ गते सदरमुकाम मन्थलीबाट पक्राउ गरेको थियो।

पक्राउ परेका कठेतलाई १९ दिन सम्मकाे अनुसन्धान तथा साेध्पुच्छपछि आज मंगलबार जिल्ला अदालत रामेछापकाे न्यायाधीश ईन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई पुर्पक्षको लागी जेल चलान गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाँको जानकारी अनुसार पिडित बिनु यादवको तर्फबाट सरकारी वकिल बिना खड्का र योगेन्द्र प्रसाद ढुङगेलले बहस गरेका थिए भने कठायतका तर्फबाट अधिवक्ता झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...