News Portal

अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

हिमालीसंचार संवाददाता
४६० पटक

पुष्कर खड्का, रामेछाप। पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्।                        काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५ सय ८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले १२६ र महतले ११८ मत प्राप्त गरेका छन् । अन्य अध्यक्षका प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन्। अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, काभ्रे , रामेछाप, अोखलढुङ्गा लगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको छ।

सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पुर्व अरनिको यातायात प्रालिको रुपमा संचालन हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...