News Portal

भिजिट भिसामा विदेश जान लागेका ७३ महिला विमानस्थलबाट फर्काइए

हिमालीसंचार संवाददाता
४६७ पटक

भदौ ९, २०७९ बिहीबार
काठमाडौं। भिजिट भिसामा विदेश जान लागेका ७३ महिलालाई त्रिभुबन विमानस्थल प्रहरीले फर्काइ दिएको छ। सरकारले तोकेको मापदण्ड पूरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो।

त्रिभुबन विमानस्थल सुरक्षा कार्यालयका डिआइजी श्यामलाल ज्ञवालीका अनुसार, हिजो र आज गरी ७३ महिलालाई विमानस्थलबाट फर्काइएको हो। विमानस्थल प्रहरीले हिजो ३९ जनालाई फर्काएको थियो भने आज ३४ जनालाई फर्काएको छ। अहिले पनि थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले फर्काउनेको संख्या बढ्ने अनुमान गरेको छ।

रातको उडानमार्फत महिलाहरु विदेश उड्ने गरेका थिए। उनीहरुको भिसा सक्कली नै भएपनि भिसाको लागि पेश गरेको कागजात नक्कली भएको प्रहरीको भनाइ छ। धेरै जसो खाडी मुलुक र मध्यपूर्वी देशमा जान लागेका महिलाहरु विमानस्थलबाट फर्काइएका हुन्।

फर्काइएका महिलाहरलाई माइती नेपालको संरक्षणमा राखिएको छ। प्रहरीले पाएको गोप्य सूचनाको आधारमा भिजिट भिसामा जाने महिलाहरुलाई फर्काएका हुन्। ती महिलाहरु दलालहरुमार्फत भिजिट भिसामा रोजगारीका लागि जाँदै गरेको सूचना प्रहरीले पाएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...