News Portal

विमान अवतरण गर्ने बेलामा पाइलट निदाएपछि…

हिमालीसंचार संवाददाता
३८१ पटक

शनिबार ४ भदौ २०७९
एजेन्सी। सुडानबाट सोमबार इथियोपिया उडेको विमानका दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ।

यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० मा भएको हो। एभियसन हेराल्डका अनुसार त्यसबेला विमान ३७ हजार फिटको उचाइमा अटोपाइलट मोडमा उडिरहेको थियो।

तर, अदिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थल आउँदा पनि सो विमानले उचाइ घटाएन। एयर ट्राफिक कन्ट्रोलले विमानका पाइलटसँग सम्पर्क गर्ने कोसिस गरेको थियो। तर, त्यो सम्भव भएन। विमान धावनमार्ग पार भएर अघि बढेपछि भने अलार्म बजेको थियो।

त्यसपछि विमानलाई फर्काएर २५ मिनेटको ढिलाइपछि सुरक्षित अवतरण गरिएको थियो। इथियोपियन एयरलाइन्सले अगस्ट १५ का दिन विमानले एटीसीसँग केही समयलाई सम्पर्क गुमाएको जनाएको छ।

चालकदललाई हाल जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको एयरलाइन्सको भनाइ छ। पछिल्लो समय एयरलाइन्सहरुले थकित पाइलटहरुलाई अत्यधिक काम गराउने गरेको गुनासो पनि आउने गरेका छन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...