News Portal

विमान अवतरण गर्ने बेलामा पाइलट निदाएपछि…

हिमालीसंचार संवाददाता
४०७ पटक

शनिबार ४ भदौ २०७९
एजेन्सी। सुडानबाट सोमबार इथियोपिया उडेको विमानका दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ।

यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० मा भएको हो। एभियसन हेराल्डका अनुसार त्यसबेला विमान ३७ हजार फिटको उचाइमा अटोपाइलट मोडमा उडिरहेको थियो।

तर, अदिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थल आउँदा पनि सो विमानले उचाइ घटाएन। एयर ट्राफिक कन्ट्रोलले विमानका पाइलटसँग सम्पर्क गर्ने कोसिस गरेको थियो। तर, त्यो सम्भव भएन। विमान धावनमार्ग पार भएर अघि बढेपछि भने अलार्म बजेको थियो।

त्यसपछि विमानलाई फर्काएर २५ मिनेटको ढिलाइपछि सुरक्षित अवतरण गरिएको थियो। इथियोपियन एयरलाइन्सले अगस्ट १५ का दिन विमानले एटीसीसँग केही समयलाई सम्पर्क गुमाएको जनाएको छ।

चालकदललाई हाल जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको एयरलाइन्सको भनाइ छ। पछिल्लो समय एयरलाइन्सहरुले थकित पाइलटहरुलाई अत्यधिक काम गराउने गरेको गुनासो पनि आउने गरेका छन्।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...