News Portal

प्रेम गीत-३ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने

हिमालीसंचार संवाददाता
३७६ पटक

बिहीबार २, भदौ २०७९ काठमाडौँ। नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ।

प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ।

फिल्म चीनमा रिलिजबारे सन्तोष सेनले तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यूएफओले चिनियाँ हलमा फिल्म प्रदर्शन हुनेछ।

फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्मातासमेत रहेका निर्देशक सेनले बताए।

चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता भएको र चिनियाँ भाषामा फिल्म डब गर्न केहि समय लाग्ने भएकाले नेपाल, भारत रिलिज भन्दा केहि महिना ढिलो गरी चीनमा फिल्म प्रदर्शन हुने सेनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...