News Portal

संसद किराती धरानमा श्रमदान गर्न आईपुगे, मेयर राईले दिए अध्यक्ष प्रचण्डलाई निम्तो

सांसद सुदन किरातीले भने- हामी बिग्रियौँ!

हिमालीसंचार संवाददाता
४२८ पटक

धरान – नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ)ले सुरु गरेको श्रमदान अभियानमा ऐक्यबद्धता जनाएका छन्। सांसद किरातीले आज शनिबार धरानको सरदु जलाधारक्षेत्रमा भएको वृक्षारोपण कार्यक्रममा आफ्नो सहभागिता जनाएका हुन्।

आज शनिबार विहानै जलाधार क्षेत्रमा पुगेर संसद किरातीले वृक्षारोपण गर्दै ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिका धरानले देखाएको श्रमदान अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई विशेष धन्यवाद समेत दिएका छन् । 

संसद किरातीले ‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्ला भोजपुरमा नागरिकसँग संवाद गर्दै आएका किरातीले खेत–बारीमा जनतासंग देखिने गरेका संसद किराती आज धरानका मेयर हर्क राज राई (साम्पाङ) ले संचालन गरेका जनश्रमदानमा आफ्नो भौतिक सहभागिता जनाएका हुन्। संसद किरातीले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न आग्रह समेत गरे। 

‘आज विश्व मानव समुदायमा गम्भीर खाद्य संकट देखा पर्दैछ। उत्पादनमार्फत आत्मनिर्भर बन्न सकेनौं भने आजको विश्वमा बाँच्न गाह्रो हुनेछ।’ आयातमा निर्भर हुनुपर्दा र उत्पादनमा जोड नदिँदा समुदायसमक्ष संकट देखा पर्दै गएको समेत किरातीले बताए। ‘एकथरि मान्छेहरुले भन्ने गर्थे कि जनताहरु बिग्रिएर उपभोक्ता समितिमार्फत भ्रष्टाचार गर्छन्। तर, धरानका महान नागरिकहरुले पुष्टि गरे कि नागरिक होइन, हामी राजनीतिक कार्यकर्ताचाहिँ बिग्रिएका हौं।’ उनको भनाई थियो। 

संसद किरातीले मेयर राईलाई श्रमदान अभियानलाई निरन्तरता दिन राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन। त्यस्तै, हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले मेयर राईलाई सुझाव समेत दिएका छन्। 

धरानका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नो अभियानमा सहभागिता जनाउन आइपुगेका संसद किरातीलाई धन्यबाद ज्ञापन व्यक्त गर्दै धरानको मोटो छुन आउनु भएकोमा माननीय ज्युलाई धन्यबाद। पूर्व प्रधानमन्त्री एव् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन्। ‘सांसदज्यू त आइदिनुभयो। अब अध्यक्ष प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्‍यो।’ 

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...