News Portal

  • सचिव सरुवा टुङ्गियो: ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली !

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    काठमाडौँ। सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने २ जनालाई पदस्थापन गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ।

    राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। उद्योगका अर्जुन प्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा राखिएको छ।

    यसैगरी अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव हरि मैनाली उपराष्ट्रपतिको कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव डिल्लीराम शर्मालाई महिलामा सरुवा गरिएको छ।

    सरकारले बिहीबार मात्रै बढुवा भएका डा.दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने, बिन्दु विष्टलाई महालेखा परीक्षकको कार्यालयमा पदस्थापन गरेको छ।

    सरकारले अर्थ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रिक्त राखेको छ। सरकारको यो निर्णय सँगै अब दुई सचिव पद रिक्त छन् भने एक जनाको बढुवा सिफारिस हुँदै छ र एक जना जगेडामा छन्।

    सरुवा तथा पदस्थापन गरिएका सचिवहरुको पत्र केही बेरअघि मात्रै तयार भएको छ भने कतिपय सचिवहरुले बुझिसकेका छन्। हिजोको मन्त्रिपरिषद बैठकमा सचिव सरुवाबारे मोटामोटी छलफल भएपनि पत्र बनुन्जेल केही सचिवहरुको फेरबदल भएको छ। सबैभन्दा महत्वपूर्ण र रिक्त रहेका स्थानमा व्यवस्थापन गर्न अझै सकिएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...