News Portal

सचिव सरुवा टुङ्गियो: ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली !

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौँ। सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने २ जनालाई पदस्थापन गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ।

राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। उद्योगका अर्जुन प्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा राखिएको छ।

यसैगरी अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव हरि मैनाली उपराष्ट्रपतिको कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव डिल्लीराम शर्मालाई महिलामा सरुवा गरिएको छ।

सरकारले बिहीबार मात्रै बढुवा भएका डा.दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने, बिन्दु विष्टलाई महालेखा परीक्षकको कार्यालयमा पदस्थापन गरेको छ।

सरकारले अर्थ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रिक्त राखेको छ। सरकारको यो निर्णय सँगै अब दुई सचिव पद रिक्त छन् भने एक जनाको बढुवा सिफारिस हुँदै छ र एक जना जगेडामा छन्।

सरुवा तथा पदस्थापन गरिएका सचिवहरुको पत्र केही बेरअघि मात्रै तयार भएको छ भने कतिपय सचिवहरुले बुझिसकेका छन्। हिजोको मन्त्रिपरिषद बैठकमा सचिव सरुवाबारे मोटामोटी छलफल भएपनि पत्र बनुन्जेल केही सचिवहरुको फेरबदल भएको छ। सबैभन्दा महत्वपूर्ण र रिक्त रहेका स्थानमा व्यवस्थापन गर्न अझै सकिएको छैन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...