News Portal

सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

हिमालीसंचार संवाददाता
३५५ पटक

खार्तुम। संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ। यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो।

यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ।

यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ। हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि ५ लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ।

आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...