News Portal

उत्कृष्ट शाखाकाे उपाधि नेपाल लाईफ इन्स्योरेन्सकाे धादिङले पायो

हिमालीसंचार संवाददाता
४३० पटक

सुजन कडेल,
काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे धादिङ शाखाले आर्थिक वर्ष २०७८/०७९ काे रिजन थ्रीए (Region 3A) अन्तरगतका शाखाहरुमध्ये उत्कृष्ट व्यवसाय गरि Best Branch of The Year काे उपाधि प्राप्त गर्न सफल भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा सम्पन्न गरेको थियो। उक्त तालिम साउन १३ गतेदेखि १५ गतेसम्म सम्पन्न भएको हो। “अ बाउन्स ब्याक एयर ०७९/०८०”नाराका साथ सम्मेलनको आयोजना गरिएको थियो।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। संचालक बिमल प्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिएका थिए।

उक्त कार्यक्रममा सम्मानित हुदै धादिङ शाखाका प्रमुख बिकाश न्याैपानेले आगामी दिनमा अझै शसक्त रुपमा बीमा व्यबसायमा लाग्ने प्रतिबद्धता जनाउनु भएकाे छ। उहाँले यस उपलब्धि हासिल गर्न सघाउने सम्पूर्ण एएमहरु, विसिहरुका साथै अभिकर्ता र बिमित तथा उक्त शाखाका कर्मचारीमा पनि विशेष धन्यवाद व्यक्त गर्नु भएकाे छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...