News Portal

  • कल्पनाको परिवारसँग लफडा गर्दागर्दै हनिट्रयापको धन्दा, व्यापारीसँग ४० लाख बार्गेनिङ

    हिमालीसंचार संवाददाता
    ३४५ पटक

    काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेत २०७५ पछि प्रहरी कार्यालयमा धाउन छाडेकी छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुली र काठमाडौंका प्रहरी युनिटमा बारम्बार भेटिने पात्र हुन् कल्पना।

    २०७५ फागुनमा उनले आफ्नो भाञ्जाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिइन्। भाञ्जाले अश्लिल भिडियो आफूलाई पठाएको र सार्वजनिक ठाउँमा कुटेको उनको आरोप थियो। काठमाडौंको बौद्धमा आफूलाई कन्ट्याक्ट किलर प्रयोग गरेर हत्या प्रयास गरेको आरोपमा कल्पनाले बौद्ध प्रहरीमा उजुरी गरिन्।

    आफ्नी सासु विष्णु कुमारी खड्काले २०६९ सालमा छोराको हक मारेर करोडौंको सम्पती छोरी निरुकुमारी खड्कालाई बकसपत्र गरेर दिएको र त्यसविरुद्ध आवाज उठाउँदा हत्या प्रयास भएको उनको दाबी छ।

    २०७८ माघमा महांकालस्थित डेरामा आमाजु र सासुसहितका पारिवारिक सदस्य मिलेर आफ्नो हत्या गर्न ४० लाखको सुपारी दिएको कल्पनाको आरोप छ। परिवारसँग उनले अदालतमा अंश मुद्दा लडिरहेकी छिन्। काठमाडौं र सिन्धुलीका सडकमा न्यायको आवाज उठाएर प्रदर्शनमा उत्रिएकी कल्पना अहिले ‘हनि ट्रयाप’मा पारेर व्यापारीसँग ४० लाख बार्गेनिङ गरेको कसुरमा प्रहरीको हिरासतमा छिन्।

    हनि ट्रयापमा पारेर व्यापारीलाई फसाउन खोजेको आरोपमा साउन १ मा कल्पनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए।

    हनिट्रयाप धन्दा चलाएको आरोपमा कल्पनासँगै उनको श्रीमान ३१ वर्षीय कृष्णहरी खड्का  र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

    फन्दामा जुत्ता–चप्पल व्यापारी !

    बौद्ध क्षेत्रमा बस्ने कल्पना एकदिन चावहिलस्थित चप्पल पसलमा थिइन्। त्यहाँ जुत्ता–चप्पल व्यापारी पैसा उठाउँदै आइपुगे। सामान्य परिचयसँगै कल्पनाले ती व्यापारीको फोन नम्बर लिइन्। उनीहरुको बीचमा कुरा हुन थाल्यो।

    १५–२० दिनमा सामाजिक संजालमा लामो च्याट हुनु दुवैका लागी दाल–भात जस्तै भइसकेको थियो। दुईपटक क्याफेमा भेटघाट गरे। सम्बन्ध अन्तरंग भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको होटलमा भेट्ने सल्लाह गरे।

    व्यापारीले होटलमा कोठा बुक गरेका थिए। दुवैजना होटलमा गए। कोठामा पुगेपछि कल्पना रिसाएर फर्किइन्। कल्पना हिँडेको केही मिनेटमै उनका पति कृष्णहरी खड्काले फोन गरेर ती व्यापारीलाई भने–‘मेरी श्रीमतीलाई घुमाउने, अब देखाइदिन्छु !’ – रातोपाटीबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...