News Portal

  • मोरङको रंगेली-कानेपोखरी सडकको काम सम्पन्नपछि रकम भुक्तानी गर्ने सहमति

    “रंगेली-कानेपोखरी अलपत्र सडक खण्ड पुन: निर्माण गर्ने सहमति”

    हिमालीसंचार संवाददाता
    ३६९ पटक

    रबिन्द्र बराल/मोरङ – भारत सरकारको अनुदानमा हुलाकी मार्ग अन्तर्गत मोरङको कानेपोखरी-रंगेली सडक खण्डको बाँकी रहेको काम हुने भएको छ। सडक ठेक्का पाएको ठेकेदार कम्पनीले ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी कानेपोखरीमा अनावरण गरेका सडकको काम सम्पन्न भएको भन्दै सडकको उद्घाटन गरी ठेकेदार कम्पनीले कानेपोखरीमादेखि रंगेली भित्रसम्म् काम अधुरै छाडेर हिडेका उक्त सडक खण्डको बाकी रहेको काम सम्पन्न गरेपछि मात्र भुक्तानी दिने भएपछि सडकको बाकी काम सम्पन्न हुने भएको छ।

    उक्त सडक खण्डका ठेकेदार कम्पनीले सडकको दायाँबायाँमा नालामा ढक्कन नलागाई त्यसै छाडेर हिडेका थिए। ठेक्केदारले रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिका संग सडकको काम सम्पन्न भएको भन्दै रकम निकासि गर्न ठेकेदारले पत्र माग गरेपछि दुई पालिका प्रमुखहरुले सो सडको अनुगमन गरेका थिए।

    यी दुई पालिको पटक पटक आग्रहमा रंगेली नगरपाकिलाका मेयर दिलिपकुमार अग्रवाल र कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी वडाअध्यक्ष, रंगेली वडाध्यक्ष रामचन्द्र मण्डल, ढकप्रसाद आचार्य र अवधेश मण्डल तथा विभिन्न पार्टीका प्रतिनिधिले हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झा, हुलाकी सडक आयोजना कार्यालय इटहरीका योजना प्रमुख विजयीथापा, इन्जीनीयर दिपेन्द्र चौधरी, एक.एच,आर्डे,डि.सि. एल(टी.एल)तनोज वाजपोइ, लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सनका ठेकेदार टेन्डी शेर्पा  लगायतले अनुमगन गरेका थिए।

    कानेपोखरी चोकदेखि रंगेली नगरपालिका दक्षिण भारता जोड्ने सिमानासम्म २५.४० किलोमिटर सडकको अनुमगन गरेका थिए। उक्त सडक अनुगमन पछि, सडक, फुटेको प्वाल परेको सडक र छेउमा भत्किएको सडक निर्माण गर्नुपर्ने, सवै निर्माण गरिएको ड्रेनमा ढकन लगाउनु पर्ने, बाँकी रहेको ड्रेन निर्माण गर्नु पर्ने, सडकको शाखा बाटोमा मापदण्ड अनुसार कालोपत्रे गर्नुपर्ने, रमाइलो चोकको इन्टरलक ब्लक इस्टीमेट अनुसार गर्नुपर्ने र चर्किएको सडक पुननिर्माण गरिनुपर्ने सहमति भएको छ। 

    नगरपालिका र ठेकेदारबीच यी सबै कुरा सम्पन्न भएपछि मात्र बाकी रकम भुक्तानीको सिफारिस दिने दुई पक्षबीच सहमति भएको छ। यी सडक खण्डका बाँकी रहेका कामहरु चाँडै शुरु गरिने हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झाँले हिमालीसंचारडटकमसंग बता।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...