News Portal

७ वर्षदेखि हतियार खरिद भएको छैन, चरम अभाव झेल्नु परेको छ : नेपाल प्रहरी

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौँ। नेपाल प्रहरीले हात–हतियारको चरम अभाव झेल्नु परेको जनाएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै हातहतियार खरिदको विषयमा केही सञ्चार माध्यममा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पछिल्लो ७ वर्षदेखि हात हतियार खरिद नगर्दा चरम अभाव झेल्नु परेको प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता टेकप्रसाद राईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले हातहतियार खरिदका लागि नेपाल प्रहरीलाई बजेट विनियोजन गरेपछि खरिद प्रक्रिया अगाडि बढाएको छ। नेपाल प्रहरीमा दरबन्दी थपिएको तर हतियार नथपिँदा समस्या भएको उल्लेख छ।

‘समय समयमा जनधनको क्षति हुने, शान्ति र अमन चयन खलबल्याउने प्रकृतिका दंगा फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभुति दिलाउन प्रयोग हुँदै आएको कम घातक हात हतियार, छोटो दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलहरुको आवश्यकता रहँदै आएको छ’, प्रहरीको विज्ञप्तिमा भनिएको छ।

मौजुदा हातहतियार खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हातहतियारलाई क्रमशः विस्थापन गरी प्रयोग मिति समाप्त भएका ग्याँस सेलको प्रयोगमा प्रश्न उठ्न सक्ने भएकाले नयाँ खरिद गर्नु परेको प्रहरीको प्रस्टिकरण छ।

ग्यास सेल, व्यक्तिगत सुरक्षामा प्रयोग हुने साना हतियार र भीड नियन्त्रणमा प्रयोग हुने कम जोखिमयुक्त हातहतियार खरिद गर्न लागिएको महानिरीक्षकको सचिवालयले जनाएको छ।

‘राज्यको सीमित स्रोत साधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामाग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै खरिद प्रक्रिया हुने हुँदा खरिद प्रक्रिया बारेमा सार्वजनिक चासो, चिन्ता र सकरात्मक अपेक्षाको उच्च मुल्यांकन गर्दै प्रचलित खरिद सम्बन्धि ऐन, नियम र कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी ढंगले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी प्रधान कार्यालय सदैव सचेत, सजग एवं संवेदनशिल छ’, विज्ञप्तिमा भनिएको छ।

आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनलाई शान्तिपुर्ण भयरहित स्वतन्त्र र निस्पक्षरुपमा सम्पन्न गर्न तथा नागरिकको जिउ धनको सुरक्षाका लागि पनि हातहतियार आवश्यक भएको प्रहरीको भनाई छ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा हतियार अपुग भएपछि प्रहरीले नेपाली सेनासँग मागेर प्रयोग गरेको थियो।

त्यतिबेला करिव २ हजार ५ सय पेस्तोल सेनासँग मागिएको थियो। चुनावमा प्रयोग गरेर ती हतियार प्रहरीले सेनालाई नै फिर्ता गरेको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...