News Portal

  • अन्तर्राष्ट्रिय विमान सेवाले धानेको एक मात्र गौतमबुद्ध विमानस्थल

    हिमालीसंचार संवाददाता
    ३९८ पटक

    तेजेन्द्र के.सी.
    रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ। पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा यो विमानस्थलमा जजिरा एयरलाइन्सबाहेक अरु कुनै पनि विमान सेवाले अहिलेसम्म व्यावसायिक उडान सुरु गर्न सकेका छैनन्।

    २०७९ जेठ २ गते (बुद्ध पूर्णिमा)देखि यो विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। तर, अहिलेसम्म एउटा एयरलाइन्सले मात्र सेवा सुरु गरेका कारण विमानस्थलको व्यवस्थापन खर्चसमेत धान्न नसकिने अवस्था छ।

    विमानस्थलका निर्देशक गोविन्द दाहालका अनुसार विमानस्थलको खर्च धान्नका लागि कम्तीमा ५ वटा एयरलाइन्सले सेवा सञ्चालन गर्नुपर्छ। तर विमानस्थल नयाँ रहेको र भर्खरै सञ्चालनमा आएका कारण अन्य विमान सेवा कम्पनीले पनि यहाँबाट उडान सुरु गर्नेमा आफू आशावादी रहेको उनले बताए।

    उनले अब चाँडै नै बिज एयरले यहाँबाट पनि सेवा सुरु गर्ने जानकारी दिए। अन्य केही वायुसेवा कम्पनीले पनि चासो देखाएको उनको भनाइ छ। वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि अहिले आफूहरुले विभिन्न चार्जमा १ लाख रुपैयाँ जति छुट दिएको उनले बताए।

    केही विमान कम्पनीले ग्राउन्ड चार्जमा छुट मागेको पनि उनले सुनाए। ग्राउन्ड चार्जबापत झन्डै ३ लाख रुपैयाँ लाग्छ। त्यसमा कम्पनीहरूले कम्तीमा ५० प्रतिशत छुट माग गरेको उनको भनाइ छ। उनका अनुसार निकट भविष्यमा बीज एयरका साथै साउदी अरबको एयर अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबईले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी भइरहेको छ।

    उनले दशैँसम्ममा काठमाडौंकै हाराहारीमा यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा गरे। हाल जजिरा एयरलाइन्सले हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार उडान भर्दै आएको छ। सो कम्पनीले दैनिक रूपमा उडान भर्न सबै प्रक्रिया पूरा गरेर ग्राउन्ड चार्ज शुल्क निःशुल्क गर्न माग गरेको उनको भनाइ छ।

    अहिले काठमाडौँको तुलनामा भैरहवाबाट भाडा दर सस्तो भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाले पनि यही विमानस्थल रोज्ने गरेका छन्। काठमाडौँ–कुवेतको तुलनामा भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु ८ हजार रुपैयाँ सस्तो रहेको जनाइएको छ।

    गौतम बुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार विभिन्न विमानसेवा कम्पनीले उडानका लागि चासो देखाउँदै विमानस्थलले लिने विभिन्न शुल्कमा छुटको माग गरिरहेका छन्। यथास्थितिमै निकट भविष्यमा केही विमानसेवा कम्पनीले उडान सुरु गर्ने तयारी पनि भइरहेको उनले जनाए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...