News Portal

  • कुवेतका श्रममन्त्री नेपाल आउदै, श्रम सम्झौता हुने

    हिमाली संचार संवाददाता
    ५९६ पटक

    नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् ।

    श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले तयारी नपुगेको भनेपछि उनको भ्रमण कम्तीमा एक साता पर सरेको छ ।

    श्रममन्त्री गोकर्ण विष्टले मलेसियासँग नेपालको हात माथि पर्ने गरी श्रम सम्झौताको मस्यौदामा सहमति जुटाउन सफल भएसँगै अन्य देशसँग पनि पहल शुरु भएको हो । कुवेतले नेपालसँग श्रम सम्झौता गर्न चाहेको छ ।

    कुवेतमा ३० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । तर नेपालमा श्रम स्वीकृति बन्द भएपछि उनीहरु आउन पाएका छैनन् । घरेलु कामदारको श्रम स्वीकृति रोकिएपनि अवैध बाटोबाट नेपाली महिला कुवेत गइरहेका छन् ।

    अवैध बाटोबाट जाँदा नेपाली महिला जोखिममा परेको भन्दै संसदको श्रम सम्बन्ध समितिमा घरेलु कामदारलाई श्रम स्वीकृति दिन सांसदहरुले सुझाव दिएका छन् । श्रममन्त्री गोकर्ण विष्टले दुई पक्षीय सम्झौताबाट नेपाली महिलाहरुको सम्पूर्ण सुरक्षा हुने गरिमात्र श्रम स्वीकृति खुलाइने बताएका छन् ।

    त्यसका लागि कुवेतका मन्त्री नेपाल आउन लागेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । कुवेत नेपाली महिलाहरुका लागि घरेलु कामदारको आकर्षक र सुरक्षित गन्तव्य हो । अहिले तेस्रो मुलुक हुँदै अवैध रुपमा नेपाली महिला जाने क्रम नरोकिएकाले यसलाई नेपालबाटै सहज बनाउन मन्त्री बिष्टमाथि दबाब परेको छ ।सरकारले कतारसँग पनि श्रम सम्झौता गर्दैछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...