News Portal

भारतको बिहारमा किशोरीलाई बलात्कार प्रयास असफल भएपछि जिउँदै जलाइयो

हिमालीसंचार संवाददाता
६१० पटक

बिहार। भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेपछि पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ। शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको किशोरीको हाल मुजफ्फरपुर अस्पतालमा उपचार भइरहेको छ।

सीतामढीको पुपरी थानाका प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको हो। पीडितको भनाइअनुसार एक व्यक्तिले उनीनजिक आएर बलात्कार गर्ने प्रयास गरे। बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले किशोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाए। कारबाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ। ‘

पीडित परिवार किसानी पेशा गर्छन्। उनका भाइले स्थानीय मिडियालाई भिडियो अन्तर्वार्तामा भने, ‘उनी बिहान करिब १० बजे पापालाई खाना लिएर खेतमा गएकी थिइन्। पापा खाना खाइसकेर औषधि लिन अस्पताल गए।

यसैबीच करिब १२.४५ बजे त्यो केटा आएर उनलाई बलात्कारको प्रयास गरेर आगो लगायो। हामीलाई गाउँलेहरूले खबर गरेका थिए। बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। हामीलाई उनी बाँच्छिन् भन्ने लाग्दैन।’

अभियुक्तको अर्को सहयोगी पनि घटनामा रहेको स्थानीय सञ्चारमाध्यमले लेखे पनि स्थानीय प्रहरी चौकीले भने उल्लेख गरेको छैन । स्थानीय पत्रकार मोना पटेलले भनिन्, ‘पीडित अहिले अलिअलि मात्र बोल्दै छिन् । त्यसैले यो कुरा स्पष्ट हुन समय लाग्नेछ।’ बीबीसीबाट।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...