News Portal

हङकङमा दुई सातादेखि बेपत्ता गुरुङ मृत फेला

मगेन्द्र राई
८०३ पटक

हङकङमा दुई सातादेखि हराइरहेका भरत प्रसाद गुरुङ मङकोकको ब्युट स्ट्रिटस्थित आफ्नै निवासमा मृत भेटिएका छन्। प्रहरीले बिहिबार कोठाको ढोका फोरेर गुरुङको लास निकालेको छ।

पुर्ख्यौली घर कास्की घाच्चुकका करिब ४७ वर्षीय भरत प्रसाद गुरुङ हङकङको मङकोकस्थित ब्युट स्ट्रिटमा भाडाको कोठामा बस्दै आएका थिए। दुई सातादेखि आफन्त र साथीभाईबाट हराएका र स्थानीयले पनि देख्न छाडेका गुरुङ कोठामै मृत भेटिएका हुन्।

गुरुङ करिब सम्पर्क बिहिन भएपछि बेलायतमा रहेका बहिनी ज्वाइँ गोपि गुरुङले हङकङमा रहेका आफन्तलाई खोजी गर्न आग्रह गरेका थिए।

हङकङबाट बेलायत बसाई सरेका नरहाङ रार्इ र भरत प्रसाद गुरुङका ज्वाइँ गोपिले बुधबार राती आग्रह गरेपछि खोजीको पहल गरेको हङकङकी सामाजिक कार्यकर्ता ईन्द्र गुरुङ (जुडी) ले बताइन।

जुडीले सुरुमा हङकङ प्रहरीमा रहेका निरन्जन गुरुङसँग सम्पर्क गरिन। त्यसपछि उनले सामाजिक काम गर्ने कृश्चियन एक्सन याउचिमङका इन्चार्ज टोनी टामलाई सहयोगका लागि अनुरोध गरिन। बिहिबार अपरान्ह ४ः४५ बजे प्रहरीको एक टोली घटनास्थल पुगेको थियो।

भित्रबाट ताल्चा लगाइएको कोठाको ढोका फोरेर प्रहरी पस्दा मृत र दुर्गन्धित अवस्थामा गुरुङ फेला परेका थिए।

गुरुङ लामो समयदेखि इण्डोनेशियाली महिलासँग बस्दै आएको र अहिले ती महिला सम्पर्कमा नरहेको आफन्तहरूले बताएका छन्। कोठाको बत्ती, एयर कन्डिसन र झ्याल खुल्लै अवस्थामा भेटिएको छ।

एनआरएनए हङकङका उपाध्यक्ष निरन्जन गुरुङका अनुसार प्रहरीले घटनाको मुचुल्का उठाउनुको साथै अनुसन्धान पनि गरिरहेको छ। लास क्वाइचुङ लैजाने तयारी छ, जहाँ पोष्टमोर्टम हुनेछ। सँगै बस्दै आएकी इन्डोनेशियाली महिलाको खोजी पनि भइरहेको छ।

स्वास्थ्य स्थिति तन्दुरुस्त नभएका गुरुङ हङकङमा सेक्युरिटि गार्डको रुपमा काम गर्थे।

एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङका अनुसार मृतक गुरुङ बेलायती सेनाका मेजरका छोरा हुन्। उनकी एक बहिनी बेलायतमै बसोबास गर्छिन।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...