News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हङकङमा दुई सातादेखि बेपत्ता गुरुङ मृत फेला

    मगेन्द्र राई
    ७०७ पटक

    हङकङमा दुई सातादेखि हराइरहेका भरत प्रसाद गुरुङ मङकोकको ब्युट स्ट्रिटस्थित आफ्नै निवासमा मृत भेटिएका छन्। प्रहरीले बिहिबार कोठाको ढोका फोरेर गुरुङको लास निकालेको छ।

    पुर्ख्यौली घर कास्की घाच्चुकका करिब ४७ वर्षीय भरत प्रसाद गुरुङ हङकङको मङकोकस्थित ब्युट स्ट्रिटमा भाडाको कोठामा बस्दै आएका थिए। दुई सातादेखि आफन्त र साथीभाईबाट हराएका र स्थानीयले पनि देख्न छाडेका गुरुङ कोठामै मृत भेटिएका हुन्।

    गुरुङ करिब सम्पर्क बिहिन भएपछि बेलायतमा रहेका बहिनी ज्वाइँ गोपि गुरुङले हङकङमा रहेका आफन्तलाई खोजी गर्न आग्रह गरेका थिए।

    हङकङबाट बेलायत बसाई सरेका नरहाङ रार्इ र भरत प्रसाद गुरुङका ज्वाइँ गोपिले बुधबार राती आग्रह गरेपछि खोजीको पहल गरेको हङकङकी सामाजिक कार्यकर्ता ईन्द्र गुरुङ (जुडी) ले बताइन।

    जुडीले सुरुमा हङकङ प्रहरीमा रहेका निरन्जन गुरुङसँग सम्पर्क गरिन। त्यसपछि उनले सामाजिक काम गर्ने कृश्चियन एक्सन याउचिमङका इन्चार्ज टोनी टामलाई सहयोगका लागि अनुरोध गरिन। बिहिबार अपरान्ह ४ः४५ बजे प्रहरीको एक टोली घटनास्थल पुगेको थियो।

    भित्रबाट ताल्चा लगाइएको कोठाको ढोका फोरेर प्रहरी पस्दा मृत र दुर्गन्धित अवस्थामा गुरुङ फेला परेका थिए।

    गुरुङ लामो समयदेखि इण्डोनेशियाली महिलासँग बस्दै आएको र अहिले ती महिला सम्पर्कमा नरहेको आफन्तहरूले बताएका छन्। कोठाको बत्ती, एयर कन्डिसन र झ्याल खुल्लै अवस्थामा भेटिएको छ।

    एनआरएनए हङकङका उपाध्यक्ष निरन्जन गुरुङका अनुसार प्रहरीले घटनाको मुचुल्का उठाउनुको साथै अनुसन्धान पनि गरिरहेको छ। लास क्वाइचुङ लैजाने तयारी छ, जहाँ पोष्टमोर्टम हुनेछ। सँगै बस्दै आएकी इन्डोनेशियाली महिलाको खोजी पनि भइरहेको छ।

    स्वास्थ्य स्थिति तन्दुरुस्त नभएका गुरुङ हङकङमा सेक्युरिटि गार्डको रुपमा काम गर्थे।

    एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङका अनुसार मृतक गुरुङ बेलायती सेनाका मेजरका छोरा हुन्। उनकी एक बहिनी बेलायतमै बसोबास गर्छिन।

    प्रतिकृया दिनुहोस्

    महासचिव विप्लव सीसँग कृषि विज्ञहरूको छलफल : कृषि आत्मनिर्भरतातर्फ कदम

    चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका...

    हत्कडीसहित दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

    काठमाडौँ, चैत्र २९ – राज्यविरुद्धको गतिविधिमा संलग्न भएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार...

    प्रधानमन्त्री ओलीको व्यवहारमा दोहोरो मापदण्ड देखिएको भन्दै आजपा अध्यक्ष प्रभु साहको आपत्ति

    काठमाडौं, चैत्र २९ – आम जनता पार्ट (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको...

    दुर्गा प्रसाईं आज साढे ११ बजे काठमाडौं ल्याइँदै, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुने

    काठमाडौं, चैत्र २९ – राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईंलाई आज शुक्रबार साढे...

    भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

    काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ...