News Portal

एआइजी पोखरेललाई बोकेर न्यायाधीशको घरदैलोमा चालेन्द्रशम्शरेका भाइ प्रभुशम्शेर

हिमालीसंचार संवाददाता
४२५ पटक

काठमाडौं। चालेन्द्रशम्शरे जबराले अहिले पनि आफू निकटका न्यायाधीशहरूमार्फत सेटिङ गरेर चलखेलको प्रयासमा रहेको आरोप लागेको छ। महाअभियोग दर्ता भएपछि बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास कब्जा गरेर बसेका जबराले अहिले पनि आफू निकट न्यायाधीशहरूमार्फत् विभिन्न मुद्दामा चलखेल गर्दैआएको चर्चा छ।

जबराका भाइ प्रभुशम्शेर राणाले धेरै औद्योगिक घरानाका मुद्दा, बैंक तथा वित्तीय संस्थाका मुद्दादेखि सरकारी जग्गा र फौजदारी अभियोग लागेका पक्ष/विपक्ष दुवैसँग अग्रिम करोडौं रकम लिएकाले अर्धभूमिगत जस्तै भएका छन्।

पक्ष र विपक्ष दुबैसँग घुस लिने र जसले बढी रकम दिन्छ उसैको पक्षमा फैसला गराउने कार्य दाजु प्रधानन्यायाधीश रहुञ्जेल राणाले गराउँदैआएका थिए। धेरै ब्यक्तिसँग उनले रकम लिएकाले उनी अर्धभूमिगत छन्। अर्धभूमिगत भए पनि उनकोे अझै पनि बालुवाटारमा आउजाउ छ।

चोलेन्द्रनिकट न्यायाधीशहरू बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, मनोजकुमार शर्मा, कुमार रेग्मीहरूमार्फत् अहिले पनि मुद्दामा भनसुन गर्ने गरेको नेपालफेसडटकमले समाचारमा उल्लेख गरेको छ।

बहुचर्चित प्रहरी महानिरीक्षकको मुद्दामासमेत चोलेन्द्रका भाई प्रभुले रिट दायर गर्ने एआइजी विश्वराज पोखरेललाई बोकेर न्यायाधीशका घर–घरमा धाउने गरेको स्रोतले बताएको छ।

प्रभुमार्फत् न्यायाधीशको घर–घरमा धाएर कुरा मिलाएपछि भने एआइजी पोखरेल असार ५ गते आफूले मुद्दा जित्ने कुरामा उत्साहित भएको जनाइएको छ।

आइजीपी नियुक्तिबिरुद्ध पोखरेलले दायर गरेको रिटको सुनुवाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालले गरिरहेका छन्। जेठ ३० गते हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ असार ५ का लागि तोकिएको छ।

सरकारले आइजीपीमा नियुक्ति गर्ने एक आधार भनेको कार्यक्षमता पनि हो। जुन धिरजप्रताप सिंहले देखाइसकेका छन्। चुनावको १२ दिनअघि आइजीपी भएका सिंहले शान्तिपूर्ण रुपमा एकै चरणमा स्थानीय तहको निर्वाचन गराई आफ्नो कार्यकुशलता पनि देखाइसकेका छन्।

नियुक्ति भएको १२ दिनमै एकै चरणमा चुनाव त्यो पनि शान्तिपूर्ण रुपमा गराउन सफल आइजीपी सिंहको नियुक्ति अदालतले बदर गर्ला त ? सर्बत्र चासोको विषय बनेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...