News Portal

एआइजी पोखरेललाई बोकेर न्यायाधीशको घरदैलोमा चालेन्द्रशम्शरेका भाइ प्रभुशम्शेर

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाडौं। चालेन्द्रशम्शरे जबराले अहिले पनि आफू निकटका न्यायाधीशहरूमार्फत सेटिङ गरेर चलखेलको प्रयासमा रहेको आरोप लागेको छ। महाअभियोग दर्ता भएपछि बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास कब्जा गरेर बसेका जबराले अहिले पनि आफू निकट न्यायाधीशहरूमार्फत् विभिन्न मुद्दामा चलखेल गर्दैआएको चर्चा छ।

जबराका भाइ प्रभुशम्शेर राणाले धेरै औद्योगिक घरानाका मुद्दा, बैंक तथा वित्तीय संस्थाका मुद्दादेखि सरकारी जग्गा र फौजदारी अभियोग लागेका पक्ष/विपक्ष दुवैसँग अग्रिम करोडौं रकम लिएकाले अर्धभूमिगत जस्तै भएका छन्।

पक्ष र विपक्ष दुबैसँग घुस लिने र जसले बढी रकम दिन्छ उसैको पक्षमा फैसला गराउने कार्य दाजु प्रधानन्यायाधीश रहुञ्जेल राणाले गराउँदैआएका थिए। धेरै ब्यक्तिसँग उनले रकम लिएकाले उनी अर्धभूमिगत छन्। अर्धभूमिगत भए पनि उनकोे अझै पनि बालुवाटारमा आउजाउ छ।

चोलेन्द्रनिकट न्यायाधीशहरू बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, मनोजकुमार शर्मा, कुमार रेग्मीहरूमार्फत् अहिले पनि मुद्दामा भनसुन गर्ने गरेको नेपालफेसडटकमले समाचारमा उल्लेख गरेको छ।

बहुचर्चित प्रहरी महानिरीक्षकको मुद्दामासमेत चोलेन्द्रका भाई प्रभुले रिट दायर गर्ने एआइजी विश्वराज पोखरेललाई बोकेर न्यायाधीशका घर–घरमा धाउने गरेको स्रोतले बताएको छ।

प्रभुमार्फत् न्यायाधीशको घर–घरमा धाएर कुरा मिलाएपछि भने एआइजी पोखरेल असार ५ गते आफूले मुद्दा जित्ने कुरामा उत्साहित भएको जनाइएको छ।

आइजीपी नियुक्तिबिरुद्ध पोखरेलले दायर गरेको रिटको सुनुवाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालले गरिरहेका छन्। जेठ ३० गते हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ असार ५ का लागि तोकिएको छ।

सरकारले आइजीपीमा नियुक्ति गर्ने एक आधार भनेको कार्यक्षमता पनि हो। जुन धिरजप्रताप सिंहले देखाइसकेका छन्। चुनावको १२ दिनअघि आइजीपी भएका सिंहले शान्तिपूर्ण रुपमा एकै चरणमा स्थानीय तहको निर्वाचन गराई आफ्नो कार्यकुशलता पनि देखाइसकेका छन्।

नियुक्ति भएको १२ दिनमै एकै चरणमा चुनाव त्यो पनि शान्तिपूर्ण रुपमा गराउन सफल आइजीपी सिंहको नियुक्ति अदालतले बदर गर्ला त ? सर्बत्र चासोको विषय बनेको छ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...