News Portal

  • सुगरका बिरामीले आँप खान हुन्छ कि हुँदैन? डाक्टर रुपक भारी

    हिमालीसंचार संवाददाता
    ४१५८ पटक

    आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायतका खाध तत्व पाइन्छ। अहिले आँपको मौसम छ। आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी पाईन्छ।

    आँप सामान्यतः हरेक व्यक्तिले मात्रा मिलाएर खानुपर्छ। स्वास्थ्य र स्वादिलो फल भन्दैमा जथाभावी धेरै खान हुँदैन। कतिपयले सुगर (मधुमेह) का बिरामीले आँप खानै हुँदैन पनि भन्छन्। तर, स्याउ खान हुन्छ, आँप खान हुँदैन भन्ने होइन। वा स्याउ खान हुँदैन सुन्तला खान हुन्छ भन्ने पनि होइन। जे पनि धेरै खाएमा सुगर बढ्छ। आँप खाएर सुगर बिग्रिने भन्ने होइन।

    आँपमा शरीरलाई चाहिने धेरै महत्वपूर्ण तत्व पाइने भएकाले यसको फाइदा धेरै छ। बेफाइदा छैन। कुनै पनि फलफूल मात्रा मिलाएर खानुपर्छ। त्यो भनेको बढीमा दुई सय ग्राम (एक पाउ) सम्म खाने हो। 

    सुगरका बिरामीले गुलियो मात्रै खान हुँदैन भन्ने होइन। हामीले खाएको सबै खाना भित्र गएर सुगर नै बन्छ। त्यसैले सुगरको बिरामीले खान हुँदैन भन्दा पनि कति खाने भन्ने हो। सुगरका बिरामीले एक दिनमा बढीमा एक सय पचास ग्राम आँप खान मिल्छ। स्याउ, सुन्तला, मेवा, केरा, आँप मिलाएर खान पनि सकिन्छ। वा कुनै एकथरी मात्रै खान पनि हुन्छ। तर बढीमा एक सय ५० ग्राम मात्रै खानु राम्रो हो।

    खाने कुरा खानका लागि मोटो वा दुब्लो भन्ने पनि हुँदैन। दुवैले आफूलाई चाहिने मात्रामा खाने हो। हामी सामान्यतया चाहिनेभन्दा अत्यधिक खाना खान्छौं। हाम्रो खुवाइ ठीक छैन। भात धेरै खान्छौं। व्यायाम गर्ने फुर्सद हुँदैन। आफ्नो तौलको ख्याल हुँदैन। यसले गर्दा सुगर मात्रै होइन अन्य रोग समेत लागेको छ।

    धेरै खानु भनेको रोग बढाउनु हो। धेरै खाएमा मोटोपन बढ्छ। मोटोपन बढेपछि विभिन्न रोग लाग्छ। सन्तुलित आहार खाएमा केही हुँदैन। हामी धेरै हल्लाको पछि लागेका हुन्छौं। आफ्नो विज्ञता नभएको विषयमा पनि बोल्नै पर्ने हाम्रो बानी छ। यसबारेमा सोचेर बोल्दा राम्रो हुन्छ। जसले सल्लाह दिएको छ, उसलाई यो कुराको ज्ञान छ कि छैन भनेर हेक्का राख्नुपर्छ।

    सुगर भएका बिरामीले जे खानु हुँदैन, त्यो सुगर नभएकाले पनि खानु हुँदैन। रक्सी, चुरोट, धेरै चिल्लोले कसैलाई पनि राम्रो गर्दैन। स्वास्थ्य खानेकुरा रोग नभएका र भएका दुवैले खान हुन्छ। दाल, भात, माछा, मासु र सागसब्जी मात्रा मिलाएर सन्तुलित रूपमा खान हुन्छ।

    तपाईं स्वास्थ्य रहन चाहनु हुन्छ भने आधा पेट खान सुझाव दिन्छु। म अझै यति खान सक्छु भन्ने हुँदैमा उठ्नुपर्छ। बरू दिनमा पाँच-छ पटक खानुहोस्, थोरै खानुहोस्। हरेक दिन आधा घन्टा व्यायाम गर्नुहोस्। यत्ति कुरामा ध्यान दियौं भने हामी धेरै रोगबाट बच्न सक्छौं। 

    (मधुमेह रोग विशेषज्ञ डाक्टर रूपक भारी आरूस लाइफस्टाइल अस्पतालमा कार्यरत हुनुहुन्छ)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...