News Portal

प्रदेश १ बजेट : सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट

हिमालीसंचार संवाददाता
३०३ पटक

विराटनगर – प्रदेश १ सरकारले सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको ६६ वटा प्रादेशिक लोक मार्गलाई प्राथमिकता दिँदै पूर्वाधारमा सो रकम छुट्ट्याएका हुन् ।

आङ्बोले प्रादेशिक लोक मार्गका लागि मात्रै ५ अर्ब रकम विनियोजन गरेका छन् ।  बजेट वक्तव्यका क्रममा आङ्बोले १५ वटा महत्वपूर्ण राजमार्गलाई प्रदेशस्तरमा स्तरोन्नति गरिने उल्लेख गरे ।

यस्तै हिमाली तथा पहाडी क्षेत्रमा नदीमा १ सय वटा पुल निर्माण गर्न २० करोड, ग्रामीण पहुँच सुधार कार्यक्रमका लागि १० करोड, विभिन्न नदीमा १० वटा बेलिब्रिज सञ्चालनका लागि ८ करोड रकम विनियोजन गरेको उल्लेख गरे । 

यस्तै विराटनगर, इटहरी र धरानलाई आधुनिक शहर निर्माण गर्न वृहत गुरुयोजना तयार गरी निर्माण कार्य आरम्भ गरिने, इटहरीको टेंग्रा खोलालाई बुढी खोलामा मिसाउने अध्ययन गरिने, विराटनगरको केशलिया र सिंघीय खोलाको किनारलाई सौन्दर्यकरण गरिने, विराटनगरको ढल निकासको लागि सम्भाव्यता अध्ययन गरिने, जनता आवास कार्यक्रम अनुसार प्रदेश १ मा २ हजार ४ सय घर निर्माण गर्न २५ करोड रकम विनियोजन गरिएको छ । 

यस्तै आङ्बोले प्रदेश १ मा इन्जिनियरिङ प्रशिक्षण केन्द्र निर्माण गरिने उल्लेख गरेका छन् । यस्तै नयाँ प्रविधिमा आधारित सगरमाथा द्रुत मार्गको सम्भाव्यता अध्ययन गर्ने र पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न २ वटा परीक्षण प्रयोगशाला सञ्चालन गरिने भएको छ । आङ्बोले प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ९० करोड बजेट विनियोजन गरेको उल्लेख गरे । 

चालू आर्थिक वर्षका लागि भने प्रदेश सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका लागि १३ अर्ब २१ करोड बजेट विनियोजन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...