News Portal

नेपाली सेनाद्वारा प्रशारण लाइनको तारमा चढेका पुरुषको ९ घन्टापछि उद्धार

हिमालीसंचार संवाददाता
६५२ पटक

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँडेका एक पुरुषको उद्दार नेपाली सेनाले गरेको छ। हेलिकप्टर मार्फत टिम परिचालन गरेर पुरुषको सकुशल उद्दार गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए।

प्रशासन लाइनको नागो तारमा झुन्डिएर हिँड्ने पुरुष नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं. १२ घर भएका माइला बिक हुन्। शनिवार दिउँसो बिक ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशासन लाइनबाट बिजुलीको तारमा चढेका थिए। स्थानीयबासी र प्रहरीले आग्रह गर्दा नमानेपछि सेनालाई उद्धारमा परिचालन गरिएको थियो।

साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए। नेपाली सेनाको उद्धार टोलीले प्रशारण लाईमा चढेर विकको सकुशल उद्धार गरेका हुन्।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...