News Portal

  • आमिरको घर अबेर राति किन गइन् दीपिका पादुकोण ?

    ५१४ पटक

    लामो समयदेखि अभिनेत्री दीपिका पादुकोण आमिर खानको फिल्म ‘महाभारत’ मा द्रौपदीको भूमिका निर्वाह गर्ने खबर आइरहेको छ । यसैबीच सोमबार अबेर राति दीपिका पादुकोण आमिर खानलाई भेट्न उनको घर गएको खबर यतिबेला चर्चाको विषय बनेको छ ।

    दीपिका पादुकोणका साथ निर्देशक विक्रमादित्य मोटवानी र सिद्धार्थ रोय कपूर पनि आमिर खानको घर गएका थिए । अहिले यि तीनैजना आमिरको घर गएको खबरलाई विभिन्न अड्कलहरु गरिन थालिएको छ । दीपिका आमिरका साथ अब आउने फिल्मको विषयमा कुराकानी गर्न गएको हुन सक्ने पनि बताइएको छ तर आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ नोभेम्बर ८ मा प्रर्दशन हुने भएकाले यस कुराको आधिकारीक घोषणा केही समय पछि मात्रै गरिनेछ ।

    अहिलेसम्म दीपिका पादुकोण र आमिर खान एकसाथ फिल्ममा काम गरेका छैनन् । यदी दीपिकाले ‘महाभारत’ मा काम गर्ने भएमा आमिर र दीपिकाका फ्यानहरुलाई यो निकै उत्साहजनक हुनेछ । फिल्म ‘महाभारत’ आमिर खानको प्रोडक्शन हाउसमा बन्न लागेको छ ।

    यो फिल्म एक हजार करोड रुपैयाँको लगानीमा बन्नेछ । आमिर खान र चाइनिज कम्पनी मिलेर यस फिल्मको निर्माण गर्ने तयारीमा छन् । आमिर र चाइनिज कम्पनी मिलेर फिल्म ‘महाभारत’लाई हलिउडको ‘लर्ड अफ द रिङ्ग’ वा ‘गेम अफ थ्रोन’ को जस्तै भव्य रुपमा निमार्ण गरिने निर्णय गरेका छन् । फिल्म ‘महाभारत’ ५ वर्षमा ५ भागमा देखाइनेछ ।

    केही समय अघि सार्वजनिक खबरहरुका अनुसार अभिनेता आमिर खानले बाहुबली स्टार प्रभासलाई कृष्णको भूमिकाको लागि प्रस्ताव राखेका थिए । आमिर आफू भने कुन भूमिकामा अभिनय गर्ने भन्ने अलमलमा छन् । आमिरले सुरुमा कृष्णको भूमिकाको लागि रुची राखे पनि पछि उनी कर्णको भूमिकामा अभिनय गर्न सक्ने चर्चा रहेको छ । उज्यालोबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...