News Portal

र्‍याफ्टिङ एजेन्सीको अध्यक्षमा शिव अधिकारी

हिमालीसंचार संवाददाता
५५१ पटक

काठमाडौं – जल पर्यटनमा काम गर्ने र्‍याफ्टिङ व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)को अध्यक्षमा पर्यटन व्यवसायी शिव अधिकारी सर्वसम्मत निर्वाचित भएको छ।

शुक्रबार भएको ३३ औं साधारणसभाबाट अधिकारीसहित पदाधिकारी सर्वसम्मत छानिएका हुन् । नाराको उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु खड्का, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सहकोषाध्यक्षमा इन्दुदेवी वाग्ले र सदस्यहरुमा मदन ढकाल र महेन्द्र श्रेष्ठ छानिनु भएको छ ।

एडरिफ्ट एडभेन्चरका संञ्चालक रहेका नवनिर्वाचित अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्ने र यो क्षेत्रको प्रचारप्रसार तथा विकासका लागि आफुले सकेको प्रयास गर्ने बताउनु भयो ।

विश्वभरका साना ठूला गरी ६ हजार नदीनालामध्ये एडभेन्चर क्षेत्रका १० उत्कृष्ट नदीमध्ये सातौंमा नेपालको भोटेकोसी र सुनकोसी नदी पर्ने सिन्धुपाल्चोकमा नाराको ३३ औं साधारण सभा आयोजना भएको थियोे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...