News Portal

वाइवाइ अन्तर्राष्ट्रिय बजारमा, फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा !

हिमालीसंचार संवाददाता
५०९ पटक

काठमाडौं। सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ। नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो।

सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैर आवासीय नेपाली (एनआरएनए) छोराहरुद्वारा प्रवर्द्धित कम्पनी हो। उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीका रुपमा स्थापित गरेको छ।

विनोद चौधरी अहिले नेपाली कांग्रेसको नेताका रुपमा राजनीतिमा सक्रिय छन्। बिहीवार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमकाबीच वाइवाइ प्लान्टको शिलान्यास गरिएको हो। इजिप्टस्थित नेपाली दूतावासका चार्ज डि अफेयर्स दीपक घिमिरे र सीजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीहरु उक्त कार्यक्रममा सहभागी थिए।

वाइवाइको प्लान्ट शिलान्याससंगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। सिजी कर्प ग्लोबलले विश्वब्यापी आफ्ना आइकनिक प्रोपर्टीहरूमा नेपालको झण्डा फहराइरहेको कम्पनीले जनाएको छ।

दुवईस्थित जेएलटी होटल, काजखस्थित वाइवाइ प्लान्ट लगायतका ठाउँहरुमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ।

वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्राण्ड हो। नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइवाइ उत्पादन हुदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...