News Portal

मकाउमा तयामा-खियामा दिवस भव्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
१६२३ पटक

सन्जिब कोयी/मकाउ : ओक्टोवर ८ तारीख सोमवार किरात राई यायोक्खा मकाउको आह्वानमा किराती आदिम पुर्खा “तयामा-खियामा दिवस” भव्यताका साथ मकाउमा बसोबास गर्ने किरातीहरुले आफ्ना पुर्खाको सम्मानमा उक्त दिवस आयोजना गरेका थिए।

किरात राई यायोक्खा मकाउको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको अध्यक्ष भिमकुमार राई “किराती” को सभापतित्वमा कार्यक्रमले औपचारिक रुप लिएको थियो।

कार्यक्रमका प्रमुख अथिति किराया मकाउका वरिष्ट सल्लाहकार साथै प्रमुख अथिति केशव राई रहनु भएको थियो भने उहाँ लामो समय मकाउ बसाईको बिट मार्दै आफ्नो जन्म भूमी नेपाल हुदै फेरी हङकङ आउनु हुने साथै मकाउमा लामो समय रहदा बस्दा आफ्नो गौरवशाली संस्था किराया मकाउमा ठुलो योगदान दिनु भएको थियो।

उक्त योगदानको कदर स्वरुप किराया मकाउले वहाँको निम्ति बिशेष कार्यक्रम आयोजना गरी सम्मान स्वरुप मायाको चिनो साथै बिशेष विदाई कार्यक्रमको आयोजना गरेको थियो साथै संस्थाका निवर्तमान सचिव नविन राईको विशेष योगदानलाई समेत किराया मकाउले कदर गरेको थियो साथै केशव राईले संस्थाको निम्ति भविष्यमा आफ्नो पुर्ण साथ सहयोग सके सम्मन सहभागीता जनाउने प्रण समेत गर्नु भएको थियो।

उक्त कार्यक्रममा मकाउका किरातीहरुको उत्साहजनक र गर्विलो सहभागिता रहेको थियो।उत्साहजनक उपस्थित महानुभावहरुलाई बडो छोटकरी रुपमा मार्मिक तरीकाले संस्थाका निवर्तमान सचिव तथा संस्थाका सदस्य गंगा कुमार राईले कार्यक्रम संचालन गर्नु भएको थियो साथै उपस्थित महानुभावहरुलाई स्वागत मन्तब्य क्रममा किराया अध्यक्ष भिम कुमार राईले बिशेष शुभकामना ब्याक्त गर्नु भएको थियो।

हाम्रो पुर्खाहरुले परिकल्पना गर्दै तानबुनेर लत्ता-कपडा साथै किरात सभ्यताको ईतिहासलाई सरल भाषामा ब्याख्य गर्नु भएको थियो भने महासचिव मंगल राईले मकाउमा हाम्रो गर्भिलो सहभागीता प्रति आभार ब्याक्त गर्नु हुदै खुशी साट्न पछी पर्नु भएन विशेषत सबै प्रकारका धर्म संस्कारको सम्मान गर्नु पर्दछ भन्नु हुदै विजय दशमी तथा दिपावलीको समेत अग्रीम शुभकामना ब्याक्त गर्नु भएको थियो।

आमन्त्रित अतिथिहरुको आसन ग्रहण र शुभकामना मन्तब्य सकिने बित्तिकै कार्यक्रममा किराती भेषभुषामा सजिएका “तयामा-खियामा” जस्तै देखिनु हुने हाम्रो चेलीहरु लामबद्ध भएर “तयामा-खियामा” प्रथम दिवस मकाउमा दिप प्रज्वलन गरेर कार्यक्रमलाई औपचारिक स्वरु दिईएको थियो।

यतिखेरै समृद्धि राष्ट्रको कुरा पनि उत्कर्षमा उठिरहेको छ बिकास निर्माण बिरोधिको कुरा हैन कुरा हो व्यवस्थित बिकास निर्माणको बिकास निर्माणको क्रममा कुनैपनि खालको धार्मिक, सास्कृतिक र ऐतिहासिक सम्पदाहरु भत्किनु हुदैन सबै तह तप्का जन प्रतिनिधिले बुझ्नुपर्ने कुरा यही हो।

हाम्रो संस्कृति संस्कार जहिले सम्म रहन्छ, संस्कार रहे सभ्यता रहन्छ सभ्य समाजले मात्र एक समृद्ध राष्ट्र नेपालको निर्माण गर्न सक्छ त्यसैले हामी हाम्रो महत्वपुर्ण संस्कार, संस्कृति, भेषभूषा साथै महत्वपुर्ण भाषाहरुको अभिलेखिकरण संक्षण गरौ भन्ने मुल उदेश्यले विश्व भरी छरिएर रहनु हुने किरातीहरुले आफ्ना आदिम पुर्खाका सम्झना स्वरुप यो दिवस मनाउन थालिएको हो।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...