News Portal

रंगेली नगर प्रमुख दिलिप बगडियाले गरे पदभार ग्रहण, शिक्षामा जोड दिने निर्णय

हिमालीसंचार संवाददाता
१७१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको नगर प्रमुख दिलिप बगडियाले बुधवारदेखि पदभार ग्रहण गरेका छन । उनले  नगरपालिकामा रहेका बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाको लागि सहज होस भन्नका लागि पंखा, कार्पेट लगायतका सामाग्री खरिदका लागि रकम निकासी गर्ने आफ्नो पहिलो निर्णय भएको बताए ।

त्यसैगरी जिर्ण रहेको सामुदायिक बिधालयहरुको मर्मत संम्भार गर्ने र काम चाडैं सुरुवात समेत गरिने भएको छ । बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले मतदान प्रकृयाबाट सहभागी हुने सम्पूर्ण नगरबासीलाई धन्यवाद र आगामी कार्यकालमा जन अपेक्षा बमोजिम अगाडि बडने प्रतिबद्धता, अति वित्पन्न एकल महिला र अपांग व्यक्तिका घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा आगामी आर्थिक बर्षदेखि गरिने उपमेयर भुमा पराजुलीले आर्थिक बर्षदेखि पिडित महिला बालबालिकाहरुका लागि सेल्प हाउसको स्थापना गर्ने निर्णय समेत गरिकी छिन । 

बुधवार एक कार्यक्रमको आयोजना गर्दे  नगर प्रमुख बगडियाले उपप्रमुख भुमा पराजुली, वडाध्यक्ष तथा वडा सदस्यहरूलाई समेत शपथ ग्रहण गराएका थिए । कार्यक्रममा रंगेली नगरपालिका प्रमुख प्रशासन अधिकृत नवराज कार्की, इलाका प्रशासन कार्यलय रंगेलीका प्रमुख उपेन्द्र राई, कृष्ण भट्टराई, रुपा सुनुवार, शिक्षा अधिकृत रबिन्द्र पंण्डित, रंगेली अस्पतालका डाक्टर अरुण भट्टराई, इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपाने,  विभिन्न राजनीतिक दलका प्रमुख तथा बितिय संस्थाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...