News Portal

धरानका नवनिवार्चित नगर प्रमुख हर्कराज राईले गरे पदभार ग्रहण

हिमालीसंचार संवाददाता
३९६ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज विहान करिब १० बजे पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित राई आफ्ना समर्थक सहित उपमहानगरपालिका पुगेर आफ्नो कार्यकक्ष प्रवेश गर्दै पदभार ग्रहण गरेका हुन् । नगर प्रमुख राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न उपमेयर अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेका छन् । 

त्यस्तै, कार्यदलको सदस्यमा सचिव राजश्व महाशाखा प्रमुख, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य निर्णय गरिएको छ । 

गठीत उक्त कार्यदलले धरान उपमहानगरको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने नवनिर्वाचित नगर प्रमुख राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...