News Portal

  • धरानका नवनिवार्चित नगर प्रमुख हर्कराज राईले गरे पदभार ग्रहण

    हिमालीसंचार संवाददाता
    ३५५ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज विहान करिब १० बजे पदभार ग्रहण गरेका छन् ।

    नवनिर्वाचित राई आफ्ना समर्थक सहित उपमहानगरपालिका पुगेर आफ्नो कार्यकक्ष प्रवेश गर्दै पदभार ग्रहण गरेका हुन् । नगर प्रमुख राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न उपमेयर अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेका छन् । 

    त्यस्तै, कार्यदलको सदस्यमा सचिव राजश्व महाशाखा प्रमुख, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य निर्णय गरिएको छ । 

    गठीत उक्त कार्यदलले धरान उपमहानगरको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने नवनिर्वाचित नगर प्रमुख राईले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...