News Portal

इटहरी उपमहानगरपालिका इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित

हिमालीसंचार संवाददाता
२९९ पटक

इटहरी – सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका इटहरीका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ३३०४९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५०१८ मतान्तरले हराएर उनी मेयर बनेका हुन् । निर्वाचित पौडेलले ३३०४९ मत ल्याउँदा सुब्बाले २८०३१ मत प्राप्त गरेका थिए। त्यस्तै, राप्रपाको आकाश लिम्बुले ३९०८ मत प्राप्त गरेका गरे।

त्यस्तै, उपमेयरमा एमालेकी संगीताकुमारी चौधरीले ३२४३६ मत प्राप्त गरी निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् । निर्वाचित चौधरीले ३२४३६ मत पाउँदा विष्टले १८०३१ मत प्राप्त गरी पराजीत भएका हुन्। 

इटहरीमा २० वटा वडाहरु रहेको नगरमा नेपाली काँग्रेसले मेयर जितेको छ तर बहुमत प्राप्त गर्न सकेन । ०७४ को स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको काँग्रेसले यस पटक ४ वटामा वडा मात्र जितेको छ भने एमालेले १५ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको छ। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...