News Portal

सप्तरीको बोदेवर्साइनको नगरप्रमुखमा पुनः यादव निर्वाचित

हिमालीसंचार संवाददाता
२६३ पटक

काठमाडौं – सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादवले ५६९३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले ५६९३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले ५२८० मत प्राप्त गरेर पराजीत भए । सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । 

त्यस्तै,  उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपालका रेणकुमारी साहले ५१५४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निर्वाचित साहले ५१५४ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले ४९३६ मत प्राप्त गरिन् । बोदेबर्साइन नगरपालिकामा कूल २१२९१ मतगणना भएको थियो । 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...