News Portal

एआईजी बने वसन्त लामा, आईजीपी सिंहले लगाइदिए दर्ज्यानी चिन्ह

हिमालीसंचार संवाददाता
४२२ पटक

काठमाडौँ। सरकारले नेपाल प्रहरीका डीआईजी वसन्त कुमार लामालाई अवकाशमा जानु अघिल्लो दिन एआईजीमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले निर्णय गरेसँगै दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा लामाले दर्ज्यानी चिन्ह लगाएका छन्।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले लामालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। लामा सिंहकै ब्याची हुन्। २०४९ चैतमा सँगै प्रहरी निरीक्षकमा भर्ना भएपनि लामा उमेर हदका कारण १० महिना पहिले अवकाशमा जाने भएका हुन्।

प्रहरीको एआईजीमा ५६ वर्षे उमेर हद छ। प्रहरी ऐनमा उमेर हद, कार्यावधि र सेवाअवधिका कारण अवकाश जाने व्यवस्था छ। यी व्यवस्था मध्ये लामा उमेर हदका कारण अवकाशमा जान लागेका हुन्।

शनिबार राति १२ बजेसँगै उनी बिदा हुनेछन्। प्रहरी निरीक्षकमा भर्ना हुँदा लामा चौथो नम्बरमा थिए। त्यतिबेला उनीभन्दा अगाडी रहेका उत्तम राज सुवेदी र दिवेश लोहनी  डीआईजी नै छन्। केही दिनमै उनीहरु पनि एआईजी बन्ने छन्। आईजीपी सिंह पहिलो नम्बरमै थिए।

अरूसँगै बढुवा गर्दा लामा डीआईजीबाटै घर जानुपर्ने भएपछि सरकारले उनलाई अवकाश हुनुअघि नै विशिष्ठ श्रेणीमा पुर्‍याएको हो। लामा २०६२ सालमा डीएसपी, २०६९ सालमा एसपी र २०७४ सालमा एसएसपीमा बढुवा भएका थिए।

२०७६ चैतमा १० बढुवा निकाल्दा लामा पनि डीआईजी भएका थिए। चैत पहिलो साता तीन जनालाई एआईजीमा बढुवा गर्दा लामाले पनि लविङ गरेका थिए। तर त्यतिबेला सरकारले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवा गरेको थियो।

यो निर्णयसँगै आश मारेका लामाले घर जाने अघिल्लो दिन सरकारको उपहारमा एआईजीको फूली पाएका हुन्। उनकै ब्याचका अरु भने २०७९ चैतसम्म प्रहरी सेवामा रहने छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...