News Portal

  • काठमाडौं – ७ को चुनाव मंसिरमा, वामदेवविरुद्ध रवीन्द्र उत्रने, कांग्रेसबाट को ?

    ८६४ पटक

    असोज २४, काठमाडौं : राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेको विषय परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर मानन्धरले गरेको राजीनामाबारे समाचार लेखेका छन् । केहीले नेकपाभित्र यसले ल्याएको हलचल, वामदेवका सम्भावित प्रतिद्वन्द्वीबारे पनि चर्चा परिचर्चा गर्न भ्याएका छन् ।

    आजदेखि बडादशैं शुरु भएको छ । दशैं प्रारम्भ भएसँगै चहलपहल बढ्न थालेका छन् । आजका पत्रपत्रिकाहरुले समाचार, तस्वीरमार्फत् बढ्दो चहल–पहलबारे पनि जानकारी पस्केका छन् ।

    यसका अतिरिक्त तीन महिनामै संसद् सचिवालय चुहिएको, स्थानीय तह निःशुल्क औषधि वितरण गर्न असफल भएको, आयातमा कडाइपछि आयर्वेदिक औषधि अभाव भएको, प्रधानमन्त्रीले समय नदिएपछि सुस्ताबासी घर फर्केकोलगायतका समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तकै महत्त्व दिएर छापेका छन् ।

    निःशुल्क औषधि वितरण गर्न स्थानीय तह असफल भएकोबारे मुख्य समाचार बनाएको नयाँ पत्रिकाले वामदेव काठमाडौं ७ मा चुनाव लड्ने पक्का भएको लेखेको छ । त्यहाँ दशैं–तिहारपछि उपनिर्वाचन गराउने तयारी छ ।

    नयाँ पत्रिका लेख्छ– नेकपा सचिवालय सदस्य वामदेव गौतम काठमाडौं–७ बाट चुनाव लड्ने पक्का भएको छ । तत्कालीन एमालेबाट प्रतिनिधिसभामा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो ।

    दशैंतिहारपछि चुनाव हुने जिकिर गर्दै नयाँ पत्रिकाले अगाडि लेखेको छ– बुधबार दशैंको घटस्थापना शुरु भएकाले दशैंतिहारपछि उपनिर्वाचन गर्ने तयारी भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ठूला चाड सकिएपछि मंसिरमा निर्वाचन गर्ने गृहकार्यमा सरकार लागेको छ । पुस महिनामा धेरै जाडो बढ्ने भएकाले मंसिरमै उपनिर्वाचन सकाउने योजना बनाएको छ ।

    वामदेव काठमाडौं–७ बाट निर्वाचनमा खडा हुने भएपछि त्यहाँका उम्मेदवारबारे समेत चर्चा शुरु भएको नयाँ पत्रिकाले लेखेको छ । नयाँ पत्रिकाका अनुसार चर्चामा कांग्रेसबाट प्रकाशशरण महत, धनराज गुरुङ र विश्वप्रकाश शर्माको नाम छ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उम्मेदवार दिने योजना बनाइसकेका छन् ।

    उता रामवीरले भने राष्ट्रियसभा र मन्त्री बन्ने आश्वासनपछि राजीनामा गरेको संकेत गरेका छन् । उनले नयाँ पत्रिकासँग भनेका छन्– म राष्ट्रियसभामा जान सक्छु, मन्त्री पनि बन्न सक्छु ।’

    ‘गौतमका लागि उपनिर्वाचनः काठमाडौं ७ खाली’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुरले राज्यकोषको करोडौं खर्च गरेर उपनिर्वाचन गर्न लागेको भन्दै आलोचना गरेको छ ।

    नागरिकमा वामदेवलाई काठमाडौं ७ मा चुनाव लडाउने तयारी गरिएपछि नेकपामा असन्तुष्टि चुलिएको, स्थानीय सरकार चुरे दोहनमा सक्रिय बनेकोलगायत खबर छन् ।

    अन्नपूर्णले सांसद् पद छाड्दा रामवीर मानन्धर उल्टै प्रसन्न भएको लेखेको छ । अन्नपूर्ण लेख्छ– माननीय छाड्न धेरैलाई गाह्रो पर्छ । तर रामवीर मानन्धर भने दुःखी होइन, बरु खुसी देखिन्छन् । मंगलबार बिहान आफ्नै घरमा भेला भएका कार्यकर्तालाई उनी उल्टै सम्झाइरहेका थिए । उनीहरु पुनर्विचार गर्न भन्थे । मानन्धर तिनलाई भाँती पुर्याएर सम्झाउँथे ।

    अन्नपूर्णले हिसाबको फेहरिस्त पनि प्रस्तुत गरेको छ । समाचार अनुसार एक निर्वाचन क्षेत्रमा न्यूनतम ११ करोड सम्म खर्च हुन्छ ।

    राजधानीले निर्णायक आन्दोलनको तयारीमा राजपा जुटेको छापेको छ भने गोरखापत्रले आयात कडाइपछि आयुर्वेदिक औषधि अभाव भएकोलाई एंकर बनाएको छ । पत्रपत्रिकाबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...