News Portal

बर्दिवासमा काँग्रेसको जमानत जफत, मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

हिमालीसंचार संवाददाता
३०७ पटक

महोत्तरी – महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् ।  माओवादी केन्द्रका राजु खड्कालाई ५८८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४२१० मत प्राप्त गरे । उपप्रमुखमा पनि स्वतन्त्र उम्मेवार तारादेवी महतो विजयी भएकी छन् ।

महतोले ९७३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गरेकी छन् । क्षेत्रीले काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएरका थिए । काँग्रेस प्रदेश कमिटीबाट पाएको टिकट केन्द्रले खेसेर चिरंजीवी हमाललाई आधिकारीक उम्मेदवार बनाएको थियो । क्षेत्रीले काँग्रेस उम्मेदवार हमालको जमानत समेत जफत हुने अवस्था बनाइ दिए ।

खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा हमालको जमानत जफत भएको । उनले १२६३ मत मात्र ल्याएका थिए । क्षेत्रीले काँग्रेस उम्मेदवारको जमानत जफत मात्र गरेनन् ०७४ मा माओवादी केन्द्रले जितेका मेयर र उपमेयर पद पनि खोस्न सफल भए ।

उनको प्यानलले माओवादी, नेकपा एमाले, काँग्रेस, जसपा लगायत दललाई पराजित गरेको हो । स्वतन्त्र उम्मेदवार क्षेत्री र महतोको चुनाव चिन्ह पनि एउटै जेब्रा थियो । जेब्रा चुनाव चिन्ह लिएका उम्मेदवारले वडा नं.  १, ७, १३ र १५ मा वडाध्यक्ष पनि जितेका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...