News Portal

गगन थापाको वडामा काँग्रेसका उम्मेदवार कार्की दोब्बर मतले निर्वाचित

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौं – नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका – ३० बाट काँग्रेसले खाता खोलेको छ। महामन्त्री गगन थापाको गृह वडा समेत रहेको काठमाडौंको ३० मा काँग्रेस निर्वाचित भएको हो । थापाले काठमाडौंको वडा नम्बर ३० को मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट भोट हालेका थिए ।

उक्त वडामा काँग्रेसका दलबहादुर कार्की २०६१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्। थापाले मतदान गरेको वडामा काँग्रेसका कार्की ११४५ मतान्तरले विजयी भएका हुन्।

यसअघि काठमाडौंका वडा नम्बर १, २, ३, ४ र ५ एमालेले जितेको थियो। अहिले ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडामा मत गणना जारी छ । काठमाडौंमा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको भारी अग्रता छ । एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंह दोब्बर मतले पछाडि छन् । 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...