News Portal

धरान अपडेट: मेयरमा हर्क साम्पाङ र उपमेयरमा बेघा र इस्वोले १० हजार कटाए

हिमालीसंचार संवाददाता
३१११ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा मध्यरातसम्म ३२ हजार मतगणना सकिदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१ मत प्राप्त गरेका छन् भने उपमेयर तर्फ गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १०८३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्बो लिम्बुले १०३२८ मत सहित जारी मतगणनामा मेयरमा साम्पाङ, उपमेयरमा बेघा र लिम्बुले  १० हजार बढी कटाएका छन् ।

बिहिबार राती मध्यरातसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयर तर्फ हर्क साम्पाङ र किशोर राईको ५०० मतको मतान्तर रहेको छ भने उपमेयर तर्फको गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा र एमाले उम्मेदवार पदम इस्वोको मतान्तर ५०५ रहेको छ। एमालेबाट मेयर पदको उम्मेदवार रहेकी मञ्जु भण्डारीले ७६७८ मत प्राप्त गरेकी छिन्। 

त्यस्तै, उपमेयर पदमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा १०८३३ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् उता एमाले उम्मेदवार पदम इस्वोले १०३२८ मत सहित बेघालाई पछ्याइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...